मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज भाग्यले विभिन्न अवसरहरू प्रदान गर्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम सुरु गर्न अनुकूल समय छ। शुभकार्यको चर्चा चल्ने सम्भावना छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): लाभदायक यात्रा हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा पनि लाभ प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): लगनशीलताको कमीले ठूलो उपलब्धि हात पार्न नसकिएला। नियमित खर्च बढ्ने सम्भावना छ। शेयर बजारमा पनि असफलता हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): लगानीमा रहेको रकम फिर्ता आउन सक्छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। तर्क, विवाद र प्रतिस्पर्धामा नपरेकै राम्रो हुन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): महत्त्वपूर्ण कामको थालनी हुनेछ। लक्ष्मी प्रसन्न हुने योग छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। सामाजिक सभासमारोहमा सरिक हुने सम्भावना छ। घरमा अतिथिको आगमन हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। सानातिना समस्यामा अल्झनुपर्नेछ। स्वास्थ्य प्रतिकूल रहनाले खर्च पनि बढ्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): धैर्य र लगनशीलताले अवसर दिलाउनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): राजनीतिक र न्यायिक कार्यबाट सफलता मिल्नेछ। शुभारम्भको चर्चा पनि चल्नेछ, तर स्वास्थ्यप्रति सजग रहनु पर्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): विदेश अथवा दूरदराजमा बसोबास गर्ने व्यक्तिहरूसँग सम्बन्ध सुमधुर रहनेछ, तर लामो यात्रा नगरेकै राम्रो। लाभ कम हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ। आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ। मालसामान हराउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। शेयर बजारको कारोबार राम्रै होला, तर यात्रा राम्रो नहोला।





