·

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा पुस ३० गते, ६.५०% नगद लाभांश प्रस्ताव

Author

NEPSE TRADING

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा पुस ३० गते, ६.५०% नगद लाभांश प्रस्ताव

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्तावित लाभांश पारित गर्न सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्तले पुस ३० गते, बुधबार, शुभम् रिसेप्सन, कालोपुल, काठमाडौँमा बिहान ११ बजे साधारण सभा आयोजना गर्ने जनाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सञ्चालकको नियुक्ति अनुमोदन, लेखापरीक्षक नियुक्ति, सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालक निर्वाचनलगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछन्। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएकाले पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

Related News