·
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त : ६.५% लाभांश प्रस्ताव
Author
NEPSE TRADING

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले आर्थिक वर्ष २०८१/८२ का लागि ६.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कुल लाभांश रकम करिब ८ करोड ७४ लाख रुपैयाँ बराबर हुने कम्पनीले जानकारी दिएको छ।
मंसिर २४ गते बसेको सञ्चालक समितिको २४४औँ बैठकले १ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजीमा आधारित रही ६.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्तालाई वितरण हुने कम्पनीले जनाएको छ।
फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य हाल बजारमा ८०४ रुपैयाँ मा कारोबार भइरहेको छ।


