NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Five-Star Hotel Forest Inn Launches IPO, Strengthening Tourism Sector Presence on NEPSE
    होटल तथा पर्यटन क्षेत्रमा नयाँ पाँचतारे कम्पनीको प्रवेश, होटल फरेष्ट इनको आईपीओ खुला
    Top
    2 min read
    Published on January 18, 2026
    NEPSE TRADING

    होटल तथा पर्यटन क्षेत्रमा नयाँ पाँचतारे कम्पनीको प्रवेश, होटल फरेष्ट इनको आईपीओ खुलाFive-Star Hotel Forest Inn Launches IPO, Strengthening Tourism Sector Presence on NEPSE

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा होटल तथा पर्यटन क्षेत्रको उपस्थिति थप सुदृढ बनाउँदै अर्को पाँचतारे होटल कम्पनी होटल फरेष्ट इन लिमिटेड ले प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि माघ ४ गतेदेखि आईपीओ खुला गरेको हो।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त आईपीओ छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत दिन सकिनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

    पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्काशन गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने योजना बनाएको छ।

    हाल नेपाल स्टक एक्सचेन्ज अन्तर्गत होटल तथा पर्यटन समूहमा सात वटा कम्पनी सूचीकृत छन्। तीमध्ये चार वटा पाँचतारे होटल सञ्चालन गर्ने कम्पनी हुन् भने बाँकी रिसोर्ट तथा केबलकार व्यवसायसँग सम्बन्धित छन्। नेप्सेमा सूचीकृत सोल्टी होटल, तारागाउँ रेजेन्सी होटल (ह्यात रिजेन्सी), ओरिएन्टल होटल्स (होटल र्‍याडिसन) र सिटी होटल यही समूहअन्तर्गत पर्छन्। पर्यटनसँग प्रत्यक्ष जोडिएको यो समूह संख्या कम भए पनि लगानीकर्ताको चासो सधैं उच्च रहने क्षेत्रका रूपमा लिइन्छ।

    ३ अर्ब ५७ करोड लागतको पाँचतारे होटल परियोजना

    पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको लगानीमा सञ्चालित होटल फरेष्ट इन लिमिटेडको निर्माणमा कुल ३ अर्ब ५७ करोड २० लाख रुपैयाँ लागत लागेको छ। यसमध्ये २ अर्ब १२ करोड रुपैयाँ बैंक ऋण, १ अर्ब २ करोड रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी रहेको छ भने बाँकी रकम आईपीओमार्फत जुटाइने कम्पनीको योजना छ।

    होटलमा १ सय ५ वटा कोठा रहेका छन्। साथै फुड एन्ड बेभरेज सेवा, कन्फरेन्स तथा बैक्वेट हल, स्पा लगायतका आधुनिक सुविधा उपलब्ध छन्। होटल काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा अवस्थित छ, जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ११ किलोमिटर दूरीमा पर्दछ। बूढानीलकण्ठ धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ।

    होटलको व्यवस्थापन विश्वप्रसिद्ध अमेरिकी होटल चेन InterContinental Hotels Group अन्तर्गतको मिडस्केल अन्तर्राष्ट्रिय ब्रान्ड Holiday Inn ले सम्हालेको छ। आईएचजी अन्तर्गत हाल विश्वभर १,२३४ वटा होलिडे इन होटल सञ्चालनमा रहेका छन् भने २८७ वटा होटल पाइपलाइनमा छन्।

    सन् १९९८ देखि पर्यटन क्षेत्रमा सक्रिय दीपक खड्काले ट्राभल तथा ट्रेकिङ कम्पनीसहित विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्। उनले ताप्लेजुङ र रसुवामा तीन वटा जलविद्युत आयोजनामा पनि लगानी गरेका छन्।

    होटल फरेष्ट इन लिमिटेड सन् २०१० मा स्थापना भएको हो। आईपीओ निष्काशनको तयारीस्वरूप सन् २०२३ मा पब्लिक लिमिटेडमा रूपान्तरण गरिएको कम्पनी गत वर्ष असार महिनादेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ।

    The presence of the hotel and tourism sector on the Nepal Stock Exchange (NEPSE) is set to become stronger with the entry of another five-star hotel company, Hotel Forest Inn Limited, which has launched its Initial Public Offering (IPO). The company has opened the first phase of its IPO exclusively for Nepali citizens working abroad from Magh 4.

    Hotel Forest Inn Limited has received approval from the Securities Board of Nepal to issue 40 million shares worth NPR 4 billion at a face value of NPR 100 per share. Of the total issued shares, 10 percent (400,000 shares) have been allocated for Nepalis employed in foreign countries.

    Eligible applicants can apply for a minimum of 10 shares and a maximum of 200,000 shares. The IPO will close as early as Magh 8 and no later than Magh 18, depending on subscription levels. Applications can be submitted through all ASBA-approved banks and financial institutions, their designated branches, and the Mero Share online platform.
    The issue and sales manager for the IPO is NIC Asia Capital Limited.

    After completing the first phase for foreign-employed Nepalis, the company plans to issue shares to the general public in the second phase.

    Currently, Nepal Stock Exchange has seven companies listed under the hotel and tourism group. Among them, four operate five-star hotels, while the remaining companies are associated with resorts and cable car businesses. Listed companies in this group include Soaltee Hotel, Taragaon Regency Hotel (Hyatt Regency), Oriental Hotels (Hotel Radisson), and City Hotel. Although the number of companies in this sector is limited, investor interest in tourism-related stocks remains consistently high.

    Five-Star Hotel Project Worth NPR 3.57 Billion

    Hotel Forest Inn Limited is promoted by former Minister for Energy, Water Resources and Irrigation Deepak Khadka. The total investment in the five-star hotel project amounts to NPR 3.57 billion.

    Of the total investment, NPR 2.12 billion has been financed through bank loans, NPR 1.02 billion through promoters’ equity, while the remaining amount is planned to be raised through the IPO.

    The hotel features 105 rooms and offers a range of premium facilities including food and beverage services, conference and banquet halls, spa facilities, and other modern amenities. The property is located in Budhanilkantha, Kathmandu, approximately 11 kilometers from Tribhuvan International Airport. Budhanilkantha is regarded as an important religious and tourist destination.

    The hotel is managed by the globally renowned American hospitality chain InterContinental Hotels Group under its midscale international brand Holiday Inn. Currently, there are 1,234 Holiday Inn hotels in operation worldwide, with 287 additional hotels in the development pipeline.

    Active in Nepal’s tourism industry since 1998, promoter Deepak Khadka has invested in travel and trekking companies as well as various other sectors. He has also invested in three hydropower projects located in Taplejung and Rasuwa districts.

    Hotel Forest Inn Limited was established in 2010 and was converted into a public limited company in 2023 as part of its IPO preparation. The hotel has been in commercial operation since Shrawan last year.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026