काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गानिउ मिजियावाबीच भोटेकोशी बाढीले निजी क्षेत्रमा पुर्याएको क्षति र समग्र अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा महत्त्वपूर्ण भेटवार्ता भएको छ। महासंघको सचिवालय टेकुमा भएको उक्त भेटमा बाढीका कारण उद्योग–व्यवसायमा आएको अवरोध, आपूर्ति शृङ्खलाको अवस्था र पुनर्स्थापनाका लागि आवश्यक सहकार्यका बारेमा विस्तृत छलफल गरिएको छ।
भेटका क्रममा अध्यक्ष श्रेष्ठले बाढीलाई केवल प्राकृतिक विपद्का रूपमा मात्र हेर्न नहुने बताउँदै यसले आर्थिक गतिविधिमा पार्ने दूरगामी प्रभावको समेत मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए। सरकारको प्रारम्भिक तथ्यांकअनुसार बाढीबाट करिब ३८७.५ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति तथा नोक्सानी भएको जानकारी दिँदै उनले सहर र बस्ती नै बगाएका कारण पूर्ण क्षतिको यथार्थ विवरण संकलन गर्न केही कठिनाइ भइरहेको बताए। यद्यपि, स्थानीय उद्योग वाणिज्य संघको सहयोगमा महासंघले निजी क्षेत्रतर्फ भएको क्षतिको विवरण सङ्कलन गरिरहेको उनको भनाइ थियो।
विश्व बैंकका देशीय अर्थशास्त्री मिजियावाले बाढीले उद्योग, पर्यटन, साना तथा मझौला उद्यम, यातायात र व्यापारमा पारेको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावबारे चासो राखेका थिए। बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा जलविद्युत् आयोजना, प्रसारण पूर्वाधार, सडक र व्यावसायिक सम्पत्तिमा गम्भीर असर पुर्याएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। विशेषगरी रसुवागढी व्यापारिक करिडोरमा आएको अवरोधले चीनसँगको व्यापार र समग्र देशको आपूर्ति व्यवस्थामा बाधा पुर्याएको तथा यसले आयातकर्ता, व्यापारीदेखि उपभोक्तासम्मलाई प्रभावित बनाएको उनले बताए। मिजियावाing ले विस्तृत तथ्यांक र प्रभावको विश्लेषणपछि मात्र बाढीले नेपालको आर्थिक वृद्धिमा पार्ने समग्र असरबारे निष्कर्षमा पुग्न सकिने बताएका छन्।
उक्त भेटका अवसरमा ‘नेपाल विकास अपडेट–२०२६’ का विषयमा पनि छलफल भएको छ। विश्व बैंकका प्रतिनिधिले निजी क्षेत्रको अनुभव र प्रत्यक्ष तथ्यांक उक्त अपडेटका लागि महत्त्वपूर्ण हुने बताएका थिए भने अध्यक्ष श्रेष्ठले भौतिक क्षतिको सट्टा उत्पादन, रोजगारी, आम्दानी, व्यापार, लगानी र निजी क्षेत्रको व्यावसायिक मनोबलमा परेको प्रभावलाई समेत समेट्न आग्रह गरेका छन्।
Kathmandu — Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) President Anjan Shrestha and World Bank Country Economist Abdul Ganiou Mijiyawa held a meeting to discuss the damages inflicted by the Bhote Koshi floods on the private sector and their broader implications for the economy. The meeting, held at the FNCCI secretariat in Teku, focused on business disruptions, supply chain impacts, and collaborative recovery efforts.
During the discussion, President Shrestha emphasized that the floods should not be viewed merely as a natural disaster, noting their far-reaching economic impacts. Highlighting the government's preliminary estimate of approximately NPR 387.5 billion in economic damages and losses, Shrestha stated that gathering precise data remains challenging because entire towns and settlements were swept away. However, FNCCI is actively collecting private-sector damage details through local chambers of commerce.
World Bank Country Economist Mijiyawa expressed keen interest in the direct and indirect effects of the floods on industries, tourism, small and medium enterprises (SMEs), transportation, and trade. Shrestha detailed how severe infrastructure damages—including to hydropower projects, transmission lines, roads, bridges, and commercial properties—have hit regions like Rasuwa, Nuwakot, Dhading, and Chitwan. He stressed that the disruption in the Rasuwagadhi trade corridor has hampered trade with China and affected nationwide supply chains, impacting importers, traders, logistics providers, and consumers alike. Mijiyawa noted that comprehensive data and impact analyses are essential to determine the floods' ultimate effect on Nepal's economic growth.
The meeting also touched upon the 'Nepal Development Update-2026'. While World Bank representatives noted that private-sector insights and primary data are crucial for the update, President Shrestha urged that the report also evaluate impacts on production, employment, income, trade, investment, and business confidence.