NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. FNCCI Urges Police Action Against Those Involved in Vandalism During Gen-Z Protests
    जेनजी आन्दोलनका क्रममा तोडफोडमा संलग्नमाथि कारबाही गर्न महासंघको आग्रह
    Investor
    2 min read
    Published on November 17, 2025
    NEPSE TRADING

    जेनजी आन्दोलनका क्रममा तोडफोडमा संलग्नमाथि कारबाही गर्न महासंघको आग्रहFNCCI Urges Police Action Against Those Involved in Vandalism During Gen-Z Protests

    नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिमाथि छिटो कारबाही गर्न नेपाल प्रहरीसँग आग्रह गरेको छ। पछिल्लो घटनाक्रमले निजी क्षेत्र असुरक्षित महसुस गरिरहेको भन्दै महासंघले जिम्मेवारहरूलाई तत्काल कानुनी प्रक्रियामा ल्याउन माग गरेको हो।

    महासंघका पदाधिकारीहरूको टोलीले आइतबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई भेट गरी घटनासम्बन्धी जाहेरी नलिइएको जनाएको छ। व्यवसायीले प्रमाणसहित उजुरी दिए पनि जिल्लास्तरका प्रहरी कार्यालयले दर्ता गर्न मानेको छैन भन्ने गुनासो महासंघले IGP कार्कीसमक्ष राखेको थियो।

    महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठका कारण निजी उद्योग–व्यवसायमा ठूलो क्षति पुगेको बताए। उनका अनुसार, आन्दोलनमा उठाइएका सुशासनका एजेन्डा आफैंले वर्षौँदेखि उठाउँदै आएको भए पनि पछिल्लो हिंसात्मक गतिविधिले निजी क्षेत्रको मनोबल कमजोर पारेको छ। ढकालले कानुनी राज्यको प्रत्याभूति नभए दण्डहीनता बढ्ने र लगानी वातावरण गम्भीर रूपमा प्रभावित हुने चेतावनी दिए।

    निवर्तमान अध्यक्ष शेखर गोल्छाले सुरक्षा बिना लगानी सम्भव नहुने उल्लेख गर्दै, शान्ति–सुरक्षाको प्रत्याभूति नहुँदा आर्थिक गतिविधि निरुत्साहित हुने बताए। उनका अनुसार, काठमाडौं बाहिरका व्यवसायीले बुझाएका जाहेरी समेत दर्ता नभएको गुनासो बढ्दो छ, जसले निजी क्षेत्रभित्र निराशा फैलिएको छ।

    यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले यसपटक आन्दोलनका नाममा निजी क्षेत्रमाथि योजनाबद्ध आक्रमण भएको दाबी गरे। उनले स्थायित्व र शान्ति–सुरक्षा बिना आर्थिक गतिविधि चलायमान हुन नसक्ने बताउँदै, घटनाका दोषीलाई कानूनअनुसार कारबाही गर्न आग्रह गरे।

    प्रहरी महानिरीक्षक कार्कीले शान्ति–सुरक्षा कायम राख्नु प्रहरीको पहिलो दायित्व भएको उल्लेख गरे। उनले आन्दोलनको आवरणमा हिंसा, तोडफोड र आगजनीमा संलग्न जो–कसैलाई पनि प्रमाणका आधारमा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्कीका अनुसार, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गर्न सबै जिल्लास्थित प्रहरी कार्यालयलाई निर्देशन दिइसकिएको छ।

    भेटमा महासंघका उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यक्ष भरतराज आचार्यसहितका पदाधिकारीहरूको उपस्थिति थियो।

    The Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) has urged the Nepal Police to take swift action against those involved in vandalism, arson, looting, and destruction of private property during the recent Gen-Z protests. The federation stated that the incidents have created an atmosphere of insecurity in the private sector and called for immediate legal action against the perpetrators.

    A team of FNCCI office-bearers met with Inspector General of Police (IGP) Dan Bahadur Karki on Sunday and expressed concern that police offices have not been registering complaints filed by affected business owners. According to the federation, even complaints submitted with evidence have been rejected by district-level police units.

    FNCCI President Chandra Prasad Dhakal said that the infiltration of violent groups during the protests caused significant damage to industries and private businesses. He noted that although the agenda of good governance raised in the movement aligns with the federation’s long-standing demands, the violent turn of events has weakened the morale of the private sector. Dhakal warned that failure to ensure rule of law would fuel impunity and badly harm the investment climate.

    Former president Shekhar Golchha remarked that investment cannot thrive without security and stability. He said that business owners outside Kathmandu have also reported that their complaints were not registered, which has led to growing frustration and distrust within the private sector. Golchha stressed the need for the police administration to take the issue seriously.

    FNCCI Senior Vice-President Anjan Shrestha stated that the private sector was targeted in a planned manner during this round of protests. He said that economic activities cannot function without peace, stability, and security, and urged the authorities to take strict action against those involved.

    IGP Karki assured the delegation that maintaining peace and security remains the top priority of Nepal Police. He said that anyone involved in violence, vandalism, and arson under the guise of the protest would be prosecuted based on evidence. Karki informed the delegation that all district police offices have already been instructed to take action against those responsible for attacks on public and private property.

    The FNCCI team included Vice-Presidents Surkishan Vaidya, Hemraj Dhakal, Jyotsna Shrestha, and Treasurer Bharat Raj Acharya, among others.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026