
वैदेशिक रोजगार बोर्डले १ अर्ब ५३ करोड मुद्दती निक्षेपमा लगानी गर्नेForeign Employment Board to Invest Rs. 1.53 Billion in Fixed Deposit
वैदेशिक रोजगार बोर्डले धरौटी खातामा रहेको १ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको बोर्डले उक्त रकमलाई एक वर्षका लागि मुद्दतीमा राख्ने तयारी गरेको हो।
यसका लागि न्यूनतम ब्याजदर ३ प्रतिशतभन्दा माथि हुनुपर्ने शर्त राखिएको छ।
उक्त रकम लिन इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकहरूले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदरका विवरणसहित भदौ २२ गते दिउँसो ३ बजेसम्म बोर्डको आर्थिक प्रशासन शाखामा दरभाउपत्र बुझाउनुपर्नेछ।
आवेदन फाराम भने बोर्डको वेबसाइट मार्फत डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।
The Foreign Employment Board, under the Ministry of Labour, Employment, and Social Security, has decided to invest Rs. 1.53 billion (1.5375 billion) currently held in its deposit account into a fixed deposit for one year.
The Board has set a condition that the interest rate must be above 3 percent.
Interested Class “A” commercial banks are required to submit their proposals, including the amount they wish to take and the offered interest rate, to the Board’s Economic Administration Division by 3 PM on Bhadra 22.
The application form for submission will be available on the Board’s official website.




