काठमाडौँ — चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा मुलुकको कुल विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले वृद्धि भई ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत असार मसान्तमा यस्तो सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो। अमेरिकी डलरमा भने सञ्चिति ८.२ प्रतिशतले बढेर २७ अर्ब ३९ करोड डलर कायम भएको छ।
कुल सञ्चितिमध्ये राष्ट्र बैंकसँग रहेको रकम ६.४ प्रतिशतले बढेर ३६ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति ९.८ प्रतिशतले वृद्धि भई ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ। असोज मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।
चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विद्यमान सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ। यस अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात ६३ प्रतिशत, कुल आयातसँग १४३.७ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग ४४.८ प्रतिशत रहेको छ।
Kathmandu — Nepal's total foreign exchange reserves increased by 6.8 percent in the first three months (mid-October) of the current fiscal year 2083/84, reaching Rs 4,161.14 billion (over Rs 4.16 trillion). According to data published by Nepal Rastra Bank (NRB), gross reserves stood at Rs 3,897.67 billion at the end of the previous fiscal year in mid-July. In US dollar terms, the reserves grew by 8.2 percent from $25.31 billion to $27.39 billion during the same period.
Of the total foreign exchange reserves, the amount held by the central bank rose by 6.4 percent to Rs 3,695.24 billion, while reserves held by banks and financial institutions (excluding NRB) expanded by 9.8 percent to Rs 465.90 billion. The central bank noted that Indian currency accounts for 21 percent of the total reserves as of mid-October.
Based on the import volume of the first three months of the current fiscal year, the existing foreign exchange reserves in the banking sector are sufficient to cover 19.9 months of merchandise imports and 17.2 months of merchandise and services imports. During this review period, the ratios of foreign exchange reserves to gross domestic product (GDP), total imports, and broad money supply stood at 63 percent, 143.7 percent, and 44.8 percent, respectively.