NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Foreign Exchange Reserves Surge by 31.2%, Enough to Cover Over 18 Months of Imports
    वैदेशिक विनिमय सञ्चिति ३१.२ प्रतिशतले बढ्यो, १८ महिनाभन्दा बढीको आयात धान्न पर्याप्त
    Investor
    1 min read
    Published on August 24, 2025
    NEPSE TRADING

    वैदेशिक विनिमय सञ्चिति ३१.२ प्रतिशतले बढ्यो, १८ महिनाभन्दा बढीको आयात धान्न पर्याप्तForeign Exchange Reserves Surge by 31.2%, Enough to Cover Over 18 Months of Imports

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भएको छ। २०८१ असार मसान्तमा सञ्चिति रु. २०४१ अर्ब १० करोड रहेकोमा २०८२ असार मसान्तसम्म पुग्दा यो परिमाण रु. २६७७ अर्ब ६८ करोड पुगेको हो।

    अमेरिकी डलरमा हेर्दा, २०८१ असार मसान्तमा सञ्चिति १५.२७ अर्ब डलर रहेकोमा यस वर्ष २७.७ प्रतिशतले बढेर १९.५० अर्ब डलर पुगेको छ।

    नेपाल राष्ट्र बैंक र अन्य बैंक–वित्तीय संस्थाको सञ्चिति

    नेपाल राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति रु. १८४८ अर्ब ५५ करोडबाट ३०.६ प्रतिशतले वृद्धि भई रु. २४१४ अर्ब ६४ करोड पुगेको छ।
    यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको सञ्चिति रु. १९२ अर्ब ५५ करोडबाट ३६.६ प्रतिशतले बढेर रु. २६३ अर्ब ४ करोड पुगेको छ।

    २०८२ असार मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २३.१ प्रतिशत रहेको छ।

    सञ्चिति पर्याप्तता

    समीक्षा अवधिमा विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ।

    २०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ्य उत्पादन (GDP) को ४३.८ प्रतिशत, कुल आयातको १२८.१ प्रतिशत, र विस्तृत मुद्राप्रदाय (M2) को ३४.१ प्रतिशत बराबर पुगेको छ। अघिल्लो वर्ष यी अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत मात्र रहेका थिए।

    वैदेशिक लगानी स्थिति

    २०८२ असार मसान्तसम्म मुलुकको कुल वैदेशिक सम्पत्ति रु. २९२९ अर्ब ६९ करोड र दायित्व रु. २१४६ अर्ब ४३ करोड रहेको छ। यसअनुसार, खुद वैदेशिक लगानी स्थिति (Net International Investment Position) रु. ७८३ अर्ब २६ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष यो परिमाण रु. ३०५ अर्ब ८४ करोडले बचतमा मात्र थियो।

    नेपालको विदेशी विनिमय सञ्चिति पछिल्लो वर्ष उल्लेखनीय रूपमा बढ्दै गएको छ। १८ महिनाभन्दा बढीको आयात धान्न सक्ने क्षमता, वैदेशिक सम्पत्ति वृद्धि र दायित्व व्यवस्थापनले अर्थतन्त्रलाई अल्पकालीन रूपमा सुरक्षित बनाएको छ। तर, विज्ञहरूका अनुसार आयात उच्च दरमा बढिरहेकाले दीर्घकालीन टिकाउका लागि निर्यात र उत्पादन क्षेत्रमा सुधार अपरिहार्य छ।

    Kathmandu – Nepal’s foreign exchange reserves saw a significant increase in FY 2024/25 (Nepali FY 2081/82). According to Nepal Rastra Bank, total reserves rose by 31.2%, reaching Rs. 2.68 trillion at the end of Ashad 2082, compared to Rs. 2.04 trillion a year earlier.

    In U.S. dollar terms, reserves grew from USD 15.27 billion to USD 19.50 billion, marking a 27.7% increase.

    NRB vs. Other Financial Institutions

    Of the total reserves, those held by Nepal Rastra Bank climbed from Rs. 1.85 trillion to Rs. 2.41 trillion, a 30.6% rise.
    Similarly, reserves with banks and financial institutions (excluding NRB) increased from Rs. 192.55 billion to Rs. 263.04 billion, a 36.6% rise.

    As of Ashad 2082, the share of Indian currency in total reserves stood at 23.1%.

    Reserve Adequacy

    Based on import levels, the reserves are sufficient to cover 18.2 months of goods imports and 15.4 months of goods and services imports.

    At the end of Ashad 2082, reserves stood at 43.8% of GDP, 128.1% of total imports, and 34.1% of broad money supply (M2). In the previous year, these ratios were 35.8%, 108.6%, and 29.3%, respectively.

    External Investment Position

    Nepal’s total external assets amounted to Rs. 2.93 trillion, while liabilities stood at Rs. 2.15 trillion. This resulted in a net international investment position (NIIP) surplus of Rs. 783.26 billion, a sharp improvement from the Rs. 305.84 billion surplus recorded a year earlier.

    The significant growth in reserves highlights an improved external financial position for Nepal, with short-term import needs well covered. Analysts, however, caution that despite this positive buffer, the country’s heavy reliance on imports poses long-term risks. They stress that strengthening exports and domestic production is essential to ensure sustainable reserve growth.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026