NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Foreign Investment Commitments Cross NPR 39 Billion in Six Months
    ६ महिनामै ३९ अर्ब बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता
    Top
    1 min read
    Published on January 16, 2026
    NEPSE TRADING

    ६ महिनामै ३९ अर्ब बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धताForeign Investment Commitments Cross NPR 39 Billion in Six Months

    चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालमा वैदेशिक लगानी प्रतिवद्धतामा उल्लेखनीय वृद्धि देखिएको छ। उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता प्राप्त भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको मात्र लगानी प्रतिवद्धता आएको थियो, जसले यस वर्ष वैदेशिक लगानीको आकर्षण बढेको संकेत गर्दछ।

    चालु आर्थिक वर्षको ६ महिनामा ७ वटा ठूला, ८ वटा मध्यम र ४६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। पुस महिनामा मात्रै ३६ वटा साना उद्योगमा लगानी प्रतिवद्धता आएको छ। यी उद्योगबाट करिब २० हजार १२२ जनालाई रोजगारी सृजना हुने अनुमान गरिएको छ, जसले रोजगारी वृद्धि र आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    महिनागत तथ्यांकअनुसार साउन महिनामा ५९ करोड ७५ लाख रुपैयाँको लगानी प्रतिवद्धता आएकोमा भदौमा यो आकस्मिक रूपमा बढेर ३३ अर्ब ९ करोड रुपैयाँ पुगेको थियो। त्यसपछि असोजमा २ अर्ब ४ करोड, कात्तिकमा १ अर्ब ५४ करोड र मङ्सिरमा १ अर्ब ९१ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकले देखाएको छ।

    क्षेत्रगत रूपमा हेर्दा सूचना प्रविधिमूलक क्षेत्रमा सबैभन्दा धेरै उद्योगमा लगानी प्रतिवद्धता आएको छ। साउनदेखि पुससम्म २५७ वटा सूचना प्रविधिमूलक उद्योगमा विदेशी लगानी प्रतिवद्धता आएको छ। रकमको आधारमा भने कृषिमूलक क्षेत्र अग्रस्थानमा रहेको छ, जहाँ १३ वटा उद्योगमा २१ अर्ब ८८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ। त्यस्तै, उत्पादनमूलक क्षेत्रमा २ अर्ब ३ करोड, पर्यटनमूलक क्षेत्रमा १० अर्ब ५४ करोड र सेवामूलक क्षेत्रमा ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ।

    यस्तै, नेपालमा व्यवसायिक गतिविधिमा रुचि देखाउने विदेशी नागरिकको संख्या पनि बढ्दो क्रममा रहेको छ। चालु आर्थिक वर्षको ६ महिनामा १ हजार २२९ जना लगानीकर्ताले बिजनेस भिसाका लागि सिफारिस माग गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो सिफारिस माग गर्नेको संख्या बढी भए पनि लगानी प्रतिवद्धताको आकार यस वर्ष उल्लेखनीय रूपमा बढेको देखिन्छ।

    Foreign investment commitments in Nepal have increased significantly during the first six months of the current fiscal year. According to the Department of Industry, foreign investors committed more than NPR 39.23 billion in 475 industries from mid-July to mid-January. In comparison, during the same period of the previous fiscal year, foreign investment commitments amounted to NPR 25.78 billion across 354 industries, indicating a substantial rise in investor confidence.

    Data shows that during the six-month period, foreign investment commitments were recorded in 7 large-scale, 8 medium-scale, and 460 small-scale industries. In the month of mid-January alone, investment commitments were received for 36 small industries. These investments are expected to generate employment opportunities for approximately 20,122 people, contributing positively to Nepal’s economic growth and job creation.

    Monthly figures reveal that foreign investment commitments stood at NPR 597.5 million in mid-July, surged sharply to NPR 33.09 billion in mid-August, and then moderated in subsequent months. Commitments amounted to NPR 2.04 billion in mid-September, NPR 1.54 billion in mid-October, and NPR 1.91 billion in mid-November, reflecting a steady inflow of foreign investment throughout the period.

    Sector-wise, the information technology sector attracted the highest number of investment commitments, with 257 industries receiving foreign investment approvals. However, in terms of total investment value, the agriculture sector ranked first, with NPR 21.88 billion committed across 13 industries. The manufacturing sector received NPR 2.03 billion, the tourism sector NPR 10.54 billion, and the service sector NPR 3.46 billion in foreign investment commitments.

    Additionally, the number of foreign nationals seeking business visas for investment purposes in Nepal has also increased. During the six-month period, 1,229 investors applied for business visa recommendations. Although the number of applicants was higher in the same period of the previous fiscal year, the volume and scale of foreign investment commitments this year have shown a notable improvement.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026