काठमाडौँ — चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउन–कात्तिक) मा १९ अर्ब ५५ करोड २८ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागको तथ्यांकअनुसार यस अवधिमा कुल ४९७ वटा उद्योग दर्ता भएका छन्, जसमा कात्तिक महिनामा मात्र ८५ उद्योगमार्फत ३ अर्ब ४२ करोड रुपैयाँको लगानी स्वीकृत भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको तुलनामा चालु आवमा एफडीआई झन्डै आधाले घटेको देखिएको छ।
स्वीकृत भएका कुल ४९७ उद्योगमध्ये ४ ठूला, २ मझौला र बाँकी ४९१ साना प्रकृतिका रहेका छन्। कात्तिक महिनामा भने १ ठूलो र अन्य सबै साना उद्योग दर्ता भएका छन्। क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा भित्रिएको छ, जहाँ १४६ उद्योग दर्ता भई ८ अर्ब ६६ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको विभागले जनाएको छ।
यस्तै, ऊर्जामूलक ३ उद्योगमा ४ अर्ब ५ करोड, सेवामूलक ४४ उद्योगमा ३ अर्ब ९५ करोड र उत्पादनमूलक २९ उद्योगमा १ अर्ब ७५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। संख्यात्मक हिसाबले भने सूचना प्रविधि (आईटी) क्षेत्रमा सबैभन्दा धेरै २७२ वटा उद्योग दर्ता भएको विभागको तथ्यांकले देखाएको छ।
Kathmandu — Nepal received foreign direct investment (FDI) commitments worth Rs 19.55 billion during the first four months (Shrawan–Kartik) of the current fiscal year 2083/84. According to data from the Department of Industry, a total of 497 industries were registered during this period, including 85 registrations in Kartik alone that brought in Rs 3.42 billion in pledged investments. However, overall FDI commitments have dropped by nearly half compared to the Rs 36.68 billion recorded during the same period in the previous fiscal year.
Out of the 497 approved projects, four are large-scale, two are medium-scale, and the remaining 491 are small-scale industries, with one large and 84 small industries registered in Kartik. Sector-wise, the tourism industry attracted the highest volume of investment pledges at Rs 8.66 billion across 146 registered projects, the department stated.
Similarly, investment commitments reached Rs 4.05 billion for three energy-based industries, Rs 3.95 billion for 44 service-oriented industries, and Rs 1.75 billion for 29 manufacturing industries. In terms of project volume, the information technology (IT) sector led the tally with 272 registered industries during the four-month review period.