काठमाडौँ — चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापारको आकार एक तिहाइले विस्तार भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि कात्तिकसम्मको तथ्याङ्कअनुसार आयात र निर्यात दुवैमा दोहोरो अङ्कको सुधार आउँदा कुल व्यापार ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको हो । गत वर्षको सोही अवधिमा यस्तो व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँमा सीमित थियो ।
निर्यात व्यापारमा उत्साहजनक वृद्धि देखिए पनि आयातको विशाल आयतनका कारण व्यापार घाटा नियन्त्रण बाहिर देखिएको छ । समीक्षा अवधिमा मुलुकले ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ, जुन गत वर्षको तुलनामा २९.६५ प्रतिशतले बढी हो ।
विभागका अनुसार चार महिनामा आयात ३१.७७ प्रतिशतले उकालो लाग्दै ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ नाघेको छ । उता, निर्याततर्फ ४३.४८ प्रतिशतको फराकिलो छलाङ मार्दै १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तु तथा सेवा विदेशिएको छ ।
निर्यातको वृद्धिदर उच्च रहेकाले कुल व्यापारमा यसको हिस्सा १३.३० प्रतिशतबाट बढेर १४.३१ प्रतिशत पुगेको छ । यसले आयात–निर्यात अनुपातमा समेत सामान्य सुधार ल्याउँदै १ बराबर ६.५२ बाट ५.९९ मा झारेको छ । यद्यपि, कुल व्यापारको ८५.६९ प्रतिशत हिस्सा अझै आयातले नै ओगटेको छ ।
कम्प्युटराइज्ड प्रणाली लागू भएका २४ वटा भन्सार नाकाबाट भएको यो कारोबारले बजारमा उपभोग र औद्योगिक गतिविधि चलायमान भएको संकेत त गरेको छ, तर निर्यातको आधार सानो भएकाले विदेशी मुद्रा सञ्चितिमाथिको चाप कम हुन सकेको छैन ।
Kathmandu — Nepal’s total foreign trade expanded by one-third in the first four months of the current fiscal year 2083/84. According to data released by the Department of Customs for the period from Shrawan to Kartik, double-digit growth in both imports and exports pushed total trade to Rs 937.24 billion, up from Rs 702.94 billion during the same period last year.
Despite encouraging growth in exports, the massive volume of imports has kept the trade deficit out of control. During the review period, the country recorded a trade deficit of Rs 668.95 billion, marking a 29.65 percent increase compared to the previous year.
The department’s figures show that imports climbed by 31.77 percent in four months, crossing Rs 803.09 billion. Meanwhile, exports took a notable leap of 43.48 percent, with domestic goods and services worth Rs 134.14 billion shipped abroad.
Because export growth outpaced imports, its share in total foreign trade rose from 13.30 percent to 14.31 percent. This also brought a slight improvement in the import-to-export ratio, narrowing it from 6.52:1 to 5.99:1. However, imports still account for 85.69 percent of total trade.
Recorded across 24 automated customs points, these figures point to increased domestic consumption and industrial activity. Yet, due to the small base of exports, pressure on the country’s foreign exchange reserves remains unabated.