काठमाडौँ — हिमालयन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने मुख्य प्रस्तावसहित आगामी मंसिर २९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरस्थित होटल भादगाउँमा बिहान साढे ११ बजे सभा बोलाउने निर्णय गरेको हो।
सभाले विशेष प्रस्तावतर्फ सर्वसाधारण समूहलाई आईपीओ निष्काशन गर्ने र उक्त निष्काशनबाट संकलन हुने पुँजीको उपयोगसम्बन्धी एजेन्डा पारित गर्नेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा आवश्यक परिमार्जन गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई दिने प्रस्तावसमेत अनुमोदन गरिनेछ।
सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने कार्यसूची छ। यसका अतिरिक्त गत आर्थिक वर्षमा सञ्चालक समितिबाट भएका निर्णयहरूको अनुमोदन तथा आन्तरिक लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले टुंगो लगाउने कम्पनीले जनाएको छ।
Kathmandu — Himalayan Energy Limited has convened its Annual General Meeting (AGM) for Mangsir 29, featuring a key proposal to issue an Initial Public Offering (IPO) to the general public. A meeting of the Board of Directors held on Mangsir 2 decided to host the assembly at Hotel Bhadgaon in Bhaktapur, starting at 11:30 AM.
Under special proposals, the assembly will endorse issuing primary shares to the public and approve plans for utilizing the capital raised from the IPO. Additionally, the meeting will authorize the Board of Directors—or an individual designated by the board—to make necessary amendments to the Memorandum and Articles of Association if directed by regulatory bodies.
Ordinary proposals on the agenda include approving the annual report for the fiscal year 2082/83, along with the auditor's report, balance sheet, profit and loss account, and cash flow statement. According to the company, the assembly will also endorse decisions made by the board during the last fiscal year and appoint an internal auditor while fixing their remuneration.