काठमाडौँ — नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न मंसिर २९ गते मंगलबार ३३ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा सुरु हुने बैंकले जनाएको छ।
सभाले हाल कायम चुक्ता पुँजीको कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। जसमा ३.४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ४.८५ प्रतिशत नगद लाभांश समावेश छ।
यसका अतिरिक्त उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनसम्बन्धी प्रक्रिया अघि बढाउन र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि सभामा पेस हुनेछ। यस्तै, स्वतन्त्र सञ्चालक नियुक्तिबारे जानकारी गराउने र लेखापरीक्षक नियुक्ति गर्ने प्रस्तावसमेत पारित गरिनेछ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले मंसिर १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
Kathmandu — Nepal SBI Bank Limited has convened its 33rd Annual General Meeting (AGM) on Tuesday, Mangsir 29, to endorse the dividend proposed from the profits of the last fiscal year. According to the bank, the meeting will begin at 11:00 AM at the Tribhuvan Army Officers' Club in Bhadrakali.
The AGM will approve a special proposal to distribute a total dividend of 8.25 percent on the current paid-up capital. This includes 3.4 percent bonus shares and a 4.85 percent cash dividend, inclusive of tax purposes.
Additionally, the assembly will authorize the Board of Directors to initiate merger or acquisition processes with suitable banks and financial institutions, and to amend the Memorandum and Articles of Association accordingly. Other agenda items include informing shareholders about the appointment of an independent director and appointing an auditor.
For the purpose of the AGM and dividend distribution, the bank has scheduled a one-day book closure on Mangsir 17. Consequently, only shareholders who have traded and maintained their shares on the Nepal Stock Exchange (NEPSE) up to Mangsir 16 will be eligible to attend the meeting and receive the proposed dividend.