काठमाडौँ — लक्ष्मी सनराइज बैंक लिमिटेडका संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ। बैंकले एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक सर्वसाधारण व्यक्ति तथा संस्थालाई उक्त शेयर खरिदका लागि आह्वान गरेको हो।
यसअघि बैंकले विद्यमान संस्थापक शेयरधनीहरूलाई खरिदका लागि प्राथमिकता दिँदै विभिन्न मितिमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो। तर, तोकिएको समयसीमाभित्र विद्यमान संस्थापकहरूबाट खरिद गर्न इच्छा देखाइएको बाहेक बाँकी रहन आएको उक्त परिमाणको शेयर अब सर्वसाधारणसमक्ष बिक्री खुला गरिएको बैंकले स्पष्ट पारेको छ।
उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक विवरण खुलाई काठमाडौँको हात्तीसारस्थित बैंकको मुख्य कार्यालयमा लिखित निवेदन पेस गर्नुपर्नेछ।
KATHMANDU — Laxmi Sunrise Bank Limited has put 105,000 units of promoter shares up for sale to the general public. The bank issued a public notice inviting interested individuals and institutions to apply for purchasing the shares held by its promoter shareholders.
Previously, the bank had published public notices on various dates granting first priority to its existing promoter shareholders. After accounting for the shares applied for by existing promoters within the stipulated timeframe, the remaining 105,000 units have now been opened for sale to the general public, the bank stated.
Interested members of the general public must submit a written application containing necessary details to the bank’s head office in Hattisar, Kathmandu, within 15 days from the date of notice publication.