काठमाडौँ — जस्मिन हाइजिन प्रोडक्ट्स लिमिटेडले आगामी पुस १ गते बुधबार आफ्नो प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले मोरङको विराटनगरस्थित कम्पनीकै सभाहलमा दिउँसो ४ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभाको मुख्य एजेन्डाका रूपमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने र सोसम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेस गरिनेछ।
यसैगरी, सभामा अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को वासलात तथा वित्तीय विवरण पारित गर्ने र सोही आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ। साथै, सञ्चालक समितिका निर्णयहरू अनुमोदन गर्ने र नयाँ सञ्चालक समिति गठन गर्ने विषयमा समेत छलफल हुने कम्पनीले जनाएको छ।
नियमनकारी निकायबाट कुनै निर्देशन वा संशोधन प्राप्त भएमा आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभामा लगिनेछ। सभामा सहभागी हुन चाहने शेयरधनीहरूले काठमाडौँको बागबजारस्थित रजिष्टर्ड कार्यालयबाट प्रवेशपत्र लिन सक्नेछन् भने प्रतिनिधि (प्रोक्सी) पठाउन चाहनेले मंसिर २८ गते बिहान ११ बजेभित्र निवेदन दर्ता गराइसक्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ।
KATHMANDU — Jasmine Hygiene Products Limited has called its first Annual General Meeting (AGM) for Wednesday, Poush 1, 2083. According to the company’s board of directors meeting held on Mangsir 4, the assembly will take place at 4:00 PM at the company's assembly hall in Biratnagar, Morang.
The primary agenda of the meeting is to endorse a proposal to issue an Initial Public Offering (IPO) to the general public and to authorize the board of directors to execute all related procedures.
Additionally, the assembly will review and pass the chairman's annual progress report, the balance sheet and financial statements for fiscal year 2082/83, and appoint an auditor while fixing their remuneration for the same fiscal year. The meeting will also ratify decisions made by the board and form a new board of directors.
The company further stated that a proposal granting full authority to the board to make necessary amendments as directed by regulatory bodies will be presented. Shareholders wishing to attend can collect entry passes from the registered office in Bagbazar, Kathmandu, while those appointing proxies must register their applications by 11:00 AM on Mangsir 28.