काठमाडौँ — आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस ३ गते (डिसेम्बर १८, २०२६) आफ्नो १३औँ वार्षिक साधारण सभा बोलाएको छ। संस्थाको सञ्चालक समितिको १९३औँ बैठकले रूपन्देहीको बुटवलस्थित वेष्टर्न एसियन होटलमा बिहान ९ः३० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पूँजीको ९.४० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस गरिनेछ। यसअन्तर्गत शेयरधनीहरूलाई कुल ९ करोड ७२ लाख २ हजार ५५ रुपैयाँ २० पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरिने संस्थाले जनाएको छ।
यसका साथै, सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्ने र आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्तावहरू रहेका छन्। विशेष प्रस्तावअन्तर्गत संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डासमेत तय गरिएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले मंसिर १८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
KATHMANDU — RSDC Laghubitta Bittiya Sanstha Limited has called its 13th Annual General Meeting (AGM) for Poush 3, 2083 (December 18, 2026). According to the 193rd board meeting of the microfinance institution, the assembly is scheduled to begin at 9:30 AM at the Western Asian Hotel in Butwal, Rupandehi.
The primary agenda of the meeting is to endorse a 9.40 percent cash dividend (including tax) on the paid-up capital from the net profit of fiscal year 2082/83. Under this proposal, the institution will distribute a total of Rs 97,202,055.20 in cash dividends to its shareholders.
In addition, the AGM will review and approve the board’s annual report, the auditor’s report alongside financial statements for FY 2082/83, and appoint an external auditor for FY 2083/84. Under special proposals, the meeting will authorize the board of directors to initiate and execute merger or acquisition processes with other suitable financial institutions.
For the purpose of the AGM and dividend distribution, the company has announced a one-day book closure on Mangsir 18, 2083. Consequently, shareholders who maintain their shares through trading on the Nepal Stock Exchange (NEPSE) up to Mangsir 17 will be eligible to attend the assembly and receive the proposed dividend.