नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘नबिल ग्रोथ फण्ड’ को इकाई आज मंसिर ९ गतेदेखि सार्वजनिक निष्काशन तथा बिक्री खुला भएको छ। योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो।
कुल निष्काशन गरिने इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई बीज पुँजीका रूपमा सुरक्षित गरिएको छ। यसमध्ये कोष प्रवर्द्धक नबिल बैंकलाई १४ प्रतिशत (१ करोड ४० लाख इकाई) र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई १ प्रतिशत (१० लाख इकाई) छुट्याइएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
दश वर्षे अवधिको यो एक बन्दमुखी योजना हो। यसमा लगानी गर्न इच्छुकले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन पाउने व्यवस्था छ। छिटोमा मंसिर १४ गते बन्द हुने यो निष्काशनमा पर्याप्त आवेदन नपरेको खण्डमा भने मंसिर २३ गतेसम्म समय थपिनेछ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यदि कुल निष्काशनको कम्तीमा ५० प्रतिशत (५ करोड इकाई) बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गरिने जनाइएको छ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग स्वयंले सम्हालेको छ। यस योजनाको क्रेडिट रेटिङतर्फ केयर रेटिङ नेपालले कोष प्रवर्द्धक नबिल बैंकलाई ‘केयर एनपी सिंगल ए प्लस’ र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टलाई ‘केयर एनपी एएमसी क्वालिटी ३ प्लस’ रेटिङ प्रदान गरेको छ।
Kathmandu — Public issuance and sale of units for the 'Nabil Growth Fund,' operated under the Nabil Mutual Fund, opened today, Mangsir 9. Scheme manager Nabil Investment Banking Limited has launched a total of 100 million units valued at NPR 1 billion, priced at a face value of NPR 10 per unit.
Of the total issued units, 15 percent—or 15 million units—has been reserved as seed capital. Within this allocation, 14 percent (14 million units) is set aside for the fund sponsor, Nabil Bank, and 1 percent (1 million units) for the scheme manager, Nabil Investment Banking. General investors can apply for the remaining 85 million units.
This is a closed-end scheme with a maturity period of 10 years. Interested investors can apply for a minimum of 100 units and a maximum of 10 million units. While the issue is scheduled to close as early as Mangsir 14, the subscription deadline will be extended until Mangsir 23 if it is not fully subscribed by the initial closing date.
Investors can submit their applications through ASBA-member banks and financial institutions approved by the Securities Board of Nepal (SEBON) and their designated branches, or online via the 'Mero Share' portal. If at least 50 percent (50 million units) of the total issue is not sold, the scheme will be canceled, and applicants' funds will be refunded within 15 days.
Nabil Investment Banking is also serving as the issue and sales manager for the offering. For credit ratings, CARE Ratings Nepal has assigned a 'CARE-NP A+' rating to the fund sponsor, Nabil Bank, and a 'CARE-NP AMC Quality 3+' rating to the scheme manager, Nabil Investment Banking.