काठमाडौँ — हिम पर्वत हाइड्रोपावर लिमिटेडले आगामी मंसिर १८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १६ लाख ९० हजार कित्ता स्थानीयलाई, ४ लाख २२ हजार ५ सय कित्ता वैदेशिक रोजगारीमा रहेकालाई र २ लाख ११ हजार २ सय ५० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकिएको छ। कर्मचारीका लागि १ लाख २६ हजार ७ सय ५० कित्ता सुरक्षित राखी बाँकी रहेको ३४ लाख ६४ हजार ५ सय कित्ता (३४ करोड ६४ लाख ५० हजार रुपैयाँ बराबरको) सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो।
प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा मंसिर २३ गते बन्द हुने यो निष्काशनमा पर्याप्त आवेदन नपरे पुस ३ गतेसम्म म्याद थपिने बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले जनाएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीले २० मेगावाटको साँगु खोला जलविद्युत आयोजना र ५.५ मेगावाटको साँगु खोला–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। कुल ३ अर्ब ६५ करोड १७ लाख रुपैयाँ लागतमा निर्मित साँगु खोला आयोजनाबाट २०८२ असोज २५ देखि र १ अर्ब १५ करोड ४ लाख रुपैयाँ लागतको साँगु खोला–१ आयोजनाबाट २०८२ साउन ८ देखि व्यावसायिक विद्युत उत्पादन भइरहेको छ। दुवै आयोजनाको विद्युत अनुमतिपत्र २८ वर्ष बाँकी छ।
आईपीओ निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
Kathmandu — Him Parvat Hydropower Limited is set to open its Initial Public Offering (IPO) for the general public starting Mangsir 18. Having completed the share allotment for project-affected local residents and Nepali citizens working abroad, the company is now launching the second phase of its public issuance.
The company had received regulatory approval to issue 35 percent of its NPR 1.69 billion issued capital—equivalent to 5,915,000 shares worth NPR 591.5 million. Out of this total, 1,690,000 shares have already been allotted to local residents, 422,500 shares to Nepalis in foreign employment, and 211,250 shares to mutual funds. After setting aside 126,750 shares for company employees, the remaining 3,464,500 shares (valued at NPR 346.45 million) are being offered to general investors.
Priced at a face value of NPR 100 per share, investors can apply for a minimum of 10 units and a maximum of 10,000 units. According to issue manager Citizens Capital Limited, the offering will close as early as Mangsir 23, though the deadline will extend to Poush 3 if it is not fully subscribed. Applicants can submit their bids through ASBA-member banks and financial institutions approved by the Securities Board of Nepal (SEBON) or online via the 'Mero Share' portal.
The company operates two hydropower projects: the 20 MW Sangu Khola Hydropower Project and the 5.5 MW Sangu Khola-1 Hydropower Project. Constructed at a total cost of NPR 3.6517 billion, the Sangu Khola project began commercial electricity generation on Ashoj 25, 2082, while the Sangu Khola-1 project, built at a cost of NPR 1.1504 billion, has been generating power since Shrawan 8, 2082. Both projects have 28 years remaining on their electricity generation licenses.
For this issuance, ICRA Nepal has assigned the company an 'ICRANP-IR BB+' rating, indicating a moderate risk regarding its ability to meet financial obligations.