
पूर्वबैंकर नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधनFormer Banker Narayan Das Manandhar Passes Away at 82
पूर्वबैंकर नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। मानन्धरको आजै काठमाडौंस्थित शोभाभगवतीमा अन्त्येष्टि गरिने परिवारले जानकारी गराएको छ।
नेपालको बैंकिङ क्षेत्रका अग्रज व्यक्तित्व मानन्धरले प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (CEO) का रूपमा काम गरेपछि बैंकिङ करियरबाट अवकाश लिएका थिए। प्राइम बैंक स्थापना हुनुअघि उनले देशका विभिन्न वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर लामो समय नेतृत्व प्रदान गरेका थिए। साथै, उनले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (FAO) मा परामर्शदाताको रूपमा पनि सेवा गरेका थिए।
देशको २१औं वाणिज्य बैंकका रूपमा स्थापना भएको प्राइम कमर्सियल बैंकलाई छोटो समयमै प्रतिस्पर्धी बैंकहरूबीच उल्लेखनीय स्थानमा पुर्याउन मानन्धरको भूमिका महत्वपूर्ण मानिन्छ। इमानदार, कर्तव्यनिष्ठ, विशिष्ट व्यवस्थापकीय क्षमता र दूरदृष्टिका कारण उनी नेपाली बैंकिङ क्षेत्रमा सम्मानित व्यक्तित्वका रूपमा परिचित थिए।
बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि मानन्धरले युवक माध्यमिक विद्यालय र युथ क्याम्पसमा अध्यापन गरेर शैक्षिक क्षेत्रमा पनि योगदान गरेका थिए। उनले धानचामल गोदाम व्यवस्थापन कम्पनीका महाप्रबन्धक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमा उच्च व्यवस्थापनका पदहरू सम्हालेका थिए। त्यसपछि उनले नेपाल बंगलादेश बैंक र लुम्बिनी बैंकमा कार्यकारी प्रमुख भएर पनि नेतृत्व प्रदान गरेका थिए।
मानन्धरले लामो समयसम्म नेपाली बैंकिङ क्षेत्रको विकास, पारदर्शिता र व्यावसायिकतामा उल्लेखनीय योगदान पुर्याएको मानिन्छ। उनी श्रीमती, एक छोरा र तीन छोरीसहितको परिवारमा थिए।
Former banker Narayan Das Manandhar has passed away at the age of 82. According to family sources, he died on Sunday morning. His final rites will be performed today at Shobhabagwati, Kathmandu, the family said.
Manandhar was regarded as one of the pioneering figures in Nepal’s banking sector. He retired from his banking career after serving as the founding Chief Executive Officer (CEO) of Prime Commercial Bank. Before joining Prime Bank, he had served as CEO and senior executive in several commercial banks across the country. He also worked as a consultant for the United Nations Food and Agriculture Organization (FAO).
As the 21st commercial bank approved in Nepal, Prime Commercial Bank achieved a notable rise in a short period, and Manandhar is credited for his leadership and vision during its formative years. Known for his honesty, dedication, expertise and foresight, he was widely respected in Nepal’s banking community.
Prior to entering the banking sector, Manandhar also contributed to the education field, teaching at Yuvak Secondary School and Youth Campus. He later served as the General Manager of the Rice and Grain Warehouse Management Company and held high-level management positions at the Agricultural Development Bank and the Rastriya Banijya Bank. He went on to lead Nepal Bangladesh Bank and Lumbini Bank as their CEO, further strengthening his legacy in the country's financial sector.
Manandhar is survived by his wife, one son, and three daughters.




