NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Former Home Minister Ramesh Lekhak Arrested, Probe Advances Over Gen-Z Protest Crackdown
    पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान अघि बढ्दै
    Investor
    1 min read
    Published on March 28, 2026
    NEPSE TRADING

    पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान अघि बढ्दैFormer Home Minister Ramesh Lekhak Arrested, Probe Advances Over Gen-Z Protest Crackdown

    काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। प्रहरीले उनलाई भक्तपुरको कटुन्जेस्थित निजी निवासबाट शुक्रबार बिहान पक्राउ गरेको हो।नयाँ सरकार गठनसँगै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि यो प्रक्रिया अघि बढाइएको हो। सोही निर्णयलगत्तै गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गर्दै कानुनी प्रक्रिया अगाडि बढाएका थिए।स्रोतका अनुसार प्रहरीले प्रारम्भमा सरकारसँग औपचारिक लिखित आदेश माग गरेको थियो। त्यसपछि मध्यरातसम्म चलेको उच्चस्तरीय छलफलपछि कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगानालाई नक्सालस्थित प्रहरी मुख्यालय बोलाइएको थियो। उनले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै लिखित आदेश तयार पारेपछि प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरेको हो।यो कारबाही गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको दमन प्रकरणसँग सम्बन्धित रहेको बताइएको छ। उक्त घटनाको छानबिन गर्न गठित आयोगले आफ्नो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङविरुद्ध फौजदारी अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो।यद्यपि सरकारले प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नगरे पनि यसको अंश विभिन्न सञ्चारमाध्यममार्फत बाहिर आएको छ। आयोगले मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत लापरबाहीपूर्ण तथा हेलचेक्र्याइँका कारण ज्यान गएको कसुरमा कारबाही गर्न सिफारिस गरेको छ।यसैबीच, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको बताइएको छ। नयाँ सरकारको पहिलो बैठकले आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेसँगै राजनीतिक तथा सुरक्षा क्षेत्रमा तरंग उत्पन्न भएको छ।सरकारको पछिल्लो कदमले जेनजी आन्दोलन दमन प्रकरणमा न्यायिक प्रक्रिया अघि बढेको संकेत दिएको छ भने यसले आगामी दिनमा थप राजनीतिक तथा कानुनी बहसलाई समेत तीव्र बनाउने देखिएको छ।
    Kathmandu — Former Home Minister Ramesh Lekhak has been arrested, officials from the Kathmandu Valley Crime Investigation Office confirmed. He was taken into custody from his residence in Katunje, Bhaktapur earlier today.The arrest follows a decision by the newly formed government to implement the report prepared by a probe commission led by Gauri Bahadur Karki. Soon after the Cabinet meeting, Home Minister Sudhan Gurung held continuous discussions with heads of security agencies to initiate legal action.According to sources, police initially sought formal written authorization from the government. After high-level consultations that continued past midnight, Law Ministry Secretary Parashwar Dhungana was summoned to the police headquarters in Naxal. Following this, an official written order was issued, and an arrest warrant was executed.The case is linked to the crackdown on protests held on Bhadra 23 and 24 (Nepali calendar), often referred to as the “Gen-Z movement.” The investigation commission had recommended criminal proceedings against then Prime Minister K P Sharma Oli, former Home Minister Ramesh Lekhak, and then Police Chief Chandrakuber Khapung.Although the government has not officially published the full report, portions of it have already surfaced in the media. The commission recommended action under Sections 181 and 182 of the Muluki Criminal Code, which relate to causing death through negligence or recklessness.Meanwhile, an arrest warrant has also reportedly been issued against former Prime Minister K.P. Sharma Oli. The Cabinet’s decision to immediately enforce the commission’s recommendations has triggered significant political and legal developments.The government’s move signals the beginning of formal judicial proceedings in the Gen-Z protest crackdown case, potentially intensifying political debate and legal scrutiny in the days ahead.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026