·
फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण नगर्ने
Author
NEPSE TRADING

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FOWAD) ले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। फागुन २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि कुनै पनि लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो। साथै सोही आर्थिक वर्षको वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरिएको संस्थाले जनाएको छ।



