काठमाडौं । बैंकबाट फोन गरेको भन्दै केवाईसी (KYC) अपडेटका नाममा सर्वसाधारणलाई ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले विभिन्न जिल्लाका चार युवालाई पक्राउ गरी विद्युतीय माध्यमबाट भएको ठगीसम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले आफू बैंकको कर्मचारी भएको भन्दै फोन तथा ह्वाट्सएपमार्फत विशेषगरी कर्मचारी र पूर्वकर्मचारीलाई लक्षित गर्ने गरेका थिए। उनीहरूले केवाईसी विवरण अद्यावधिक गर्नुपर्ने भन्दै मोबाइलको स्क्रिन सेयर गराउने र ओटीपी (OTP) नम्बर लिने गरेका थिए।
ओटीपी प्राप्त गरेपछि पीडितको बैंक खातामा अनधिकृत पहुँच पुर्याई रकम अन्य खातामा स्थानान्तरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको साइबर ब्यूरोले जनाएको छ।
पक्राउ परेकाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
साइबर ब्यूरोले बैंक वा वित्तीय संस्थाको नाममा फोन, म्यासेज वा अनलाइनमार्फत ओटीपी, पासवर्ड, पिन तथा अन्य गोप्य विवरण मागेमा उपलब्ध नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
Kathmandu. Nepal Police has arrested four individuals accused of defrauding people by pretending to be bank representatives and using fake KYC update requests to gain access to bank accounts.
The Cyber Bureau of Nepal Police arrested four suspects from different districts and has started an investigation into the alleged electronic fraud case.
According to police, the suspects contacted victims through phone calls and WhatsApp while claiming to be bank officials. They reportedly targeted current and retired employees by convincing them that their bank KYC details needed immediate updating.
During the process, the suspects allegedly asked victims to share their mobile screens and provide one-time passwords (OTPs). Police said the fraudsters used the obtained information to gain unauthorized access to bank accounts and transfer money to other accounts.
The Cyber Bureau stated that the arrested individuals are being investigated under the Electronic Transactions Act, 2063, for unauthorized access and electronic transaction-related fraud. The court has granted additional time for further investigation.
Police have urged the public to remain cautious and never share sensitive banking information such as OTP codes, passwords, PIN numbers, or account details with anyone contacting them through phone calls, messages, or online platforms in the name of banks or financial institutions.