NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Fraud Ring Busted for Fake Insurance Claims
    बीमा दाबीमा ठगी गर्ने गिरोह पक्राउ
    Investor
    1 min read
    Published on September 4, 2025
    NEPSE TRADING

    बीमा दाबीमा ठगी गर्ने गिरोह पक्राउFraud Ring Busted for Fake Insurance Claims

    काठमाडौं । मोटर दुर्घटना भएको भन्दै नक्कली कागजपत्र पेश गरी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबाट करिब ६० लाख रुपैयाँ भुक्तानी लिने गिरोह पक्राउ परेको छ। वि एण्ड वि अस्पतालको नक्कली कागजात प्रयोग गरी तेस्रो पक्ष बीमाको दाबी गर्ने ६ जनालाई प्रहरी कार्यालय तिनकुनेले सोमबार पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा बाराका मनोज कुमार आचार्य, काभ्रेका हरि प्रसाद गौतम, सर्लाहीका सुनिल सापकोटा, काठमाडौंका विनोद डंगोल, गोदावरीका सुनिल महर्जन र विकेश कुँवर रहेका छन्। पक्राउ परेकामध्ये एक जना कम्पनीकै कर्मचारी भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार उनीहरुले आफन्त वा विभिन्न व्यक्तिको मोटर तेस्रो पक्ष बीमा गराएर दुर्घटनाको नक्कली विवरण पेश गर्दै आएका थिए। कम्पनीमा १५ वटा दाबी पेश गरिएकोमध्ये १३ वटाको भुक्तानी भइसकेको र दुई वटाको भने रोकिएको नेपाल माइक्रो इन्स्योरेन्सका सूचना अधिकारी सुशान्त थापाले बताएका छन्।

    दाबी प्रक्रिया मिलाउन कम्पनीकै कर्मचारीले ठगी गिरोहलाई सहयोग गरेको समेत प्रहरीले जनाएको छ। शंका लागेपछि कम्पनीले कानूनी सल्लाहकारमार्फत घटना छानबिन गरेको र नक्कली विवरण फेला परेपछि प्रहरीलाई उजुरी गरेको हो।

    ठगीमा संलग्न गिरोहले वि एण्ड वि अस्पतालका कागजातसहित विभिन्न सरकारी निकायका स्ट्याम्प र लेटर प्याडसमेत नक्कली बनाएर प्रयोग गरेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार बीमा कम्पनीमा यस किसिमका ठगी दाबी नयाँ होइनन् तर प्रायः कम्पनीहरुले ब्राण्ड जोगाउन मौन बस्ने गरेका छन्। नेपाल माइक्रोले भने साहसिक कदम चालेको भन्दै प्रहरीले प्रशंसा गरेको छ। कम्पनीले पनि यस कदमले सम्पूर्ण बीमा उद्योगमा जनताको विश्वास बलियो हुने दाबी गरेको छ।

    Kathmandu – Police have arrested a fraud ring that swindled nearly Rs. 60 million from Nepal Micro Insurance Company by submitting fake documents for motor accident claims. Six individuals were arrested on Monday by the Tinkune Police Office for presenting forged documents from B & B Hospital to claim third-party motor insurance.

    Those arrested include Manoj Kumar Acharya of Bara (currently residing in Kageshwari Manohara, Kathmandu), Hari Prasad Gautam of Kavre, Sunil Sapkota of Sarlahi (now living in Kathmandu), Binod Dangol of Kathmandu, Sunil Maharjan of Godavari, and Bikesh Kunwar (33). Among them, one was an employee of the insurance company.

    According to police, the group insured vehicles under various names and submitted fake accident documents. They filed more than 15 claims, out of which 13 had already been paid, while two remained unpaid, confirmed Nepal Micro Insurance spokesperson Sushant Thapa.

    Police stated that an insider employee helped the fraudsters by providing false verification reports during field inspections, making the company initially trust the claims. When suspicions grew, the company sent its legal advisor for further investigation, who discovered the documents were fake. The company then filed a complaint with the police.

    The fraudsters had not only forged B & B Hospital documents but also created fake stamps and letterheads of various government agencies for their scheme, police revealed.

    Authorities say this is not the first case of fraudulent insurance claims in Nepal, as such scams are relatively common. However, most companies remain silent to protect their brand image. Police praised Nepal Micro Insurance for courageously cooperating and sharing confidential details, while the company stated that its move has helped strengthen public trust in the entire insurance industry.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026