NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Free Stock Market Training Held in Pokhara; Imperial Securities Launches New Services with...
    पोखरामा निःशुल्क शेयर बजार तालिम, इम्पेरियल सेक्युरिटिजको शाखा उद्घाटनसँगै नयाँ सेवा सुरु
    Investor
    2 min read
    Published on March 21, 2026
    NEPSE TRADING

    पोखरामा निःशुल्क शेयर बजार तालिम, इम्पेरियल सेक्युरिटिजको शाखा उद्घाटनसँगै नयाँ सेवा सुरुFree Stock Market Training Held in Pokhara; Imperial Securities Launches New Services with Branch Expansion

    पोखरा। ग्लोबल मनी विक २०२६ को अवसरमा पोखरामा एक दिने निःशुल्क आधारभूत तथा प्राविधिक विश्लेषण सम्बन्धी शेयर बजार तालिम कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो।इम्पेरियल सेक्युरिटिज ब्रोकर नं. ४५ द्वारा आयोजित कार्यक्रममा कलेज तथा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूसहित ठूलो संख्यामा सहभागीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम इम्पेरियल सेक्युरिटिजको आधिकारिक फेसबुक पेज तथा नेप्से ट्रेडिङ डट कमको युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण समेत गरिएको थियो।कार्यक्रममा बोल्दै वक्ताहरूले शेयर बजारमा लगानी गर्न ठूलो पूँजी आवश्यक नपर्ने र आफ्नो क्षमता अनुसार सानो लगानीबाट पनि सुरु गर्न सकिने बताएका थिए। अन्य क्षेत्रजस्तो निश्चित पूँजीको बाध्यता नरहेकोले शेयर बजार अर्बपतिदेखि सामान्य लगानीकर्तासम्मका लागि समान अवसरको क्षेत्र भएको उल्लेख गरिएको थियो।नियामक निकायहरूको सक्रियता तथा ब्रोकर कम्पनीहरूको भूमिकाका कारण पछिल्लो समय शेयर बजारमा लगानीकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको पनि कार्यक्रममा जानकारी दिइयो। यद्यपि, लगानी गर्दा कुन कुरालाई प्राथमिकता दिने भन्ने ज्ञान सबैमा नहुन सक्ने भएकाले यस्ता तालिम कार्यक्रमहरूको आवश्यकता रहेकोमा जोड दिइएको थियो।कार्यक्रममा इम्पेरियल सेक्युरिटिजका कार्यकारी अध्यक्ष भत्तीराम घिमिरेको अध्यक्षता रहेको थियो। प्रमुख अतिथिका रूपमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी सहभागी भएका थिए भने विशिष्ट अतिथिहरूमा नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद तिमल्सिना तथा राष्ट्रिय बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भु प्रसाद मिश्र रहेका थिए।त्यसैगरी, अग्रज लगानीकर्ता अम्बिका प्रसाद पौडेलले दुई दशकभन्दा बढीको अनुभवका आधारमा बजारको आधारभूत विश्लेषण प्रस्तुत गर्दै लगानी गर्दा अध्ययन र धैर्यता अपनाउनुपर्नेमा जोड दिएका थिए। राम्रो कम्पनीमा दीर्घकालीन लगानी गरेमा पछुताउन नपर्ने धारणा उनले व्यक्त गरे।नेप्से ट्रेडिङ डट कमका कार्यकारी अध्यक्ष तथा विश्लेषक सन्दीप कुमार चौधरीले कार्यक्रममा फण्डामेन्टल तथा टेक्निकल विश्लेषण सम्बन्धी विशेष सत्र सञ्चालन गरेका थिए।कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि डा. नवराज अधिकारीद्वारा पानसमा बत्ती बालेर गरिएको थियो भने राष्ट्रिय गानसँगै कार्यक्रमलाई थप औपचारिकता दिइएको थियो।यसै अवसरमा इम्पेरियल सेक्युरिटिजले पोखरामा आफ्नो पाँचौं शाखा उद्घाटन गरेको जानकारी दिँदै ब्रोकर नं. ४५ मार्फत पोर्टफोलियो म्यानेजमेन्ट सेवा (PMS) तथा मार्जिन ट्रेडिङ सेवा सुरु गरिएको घोषणा गरिएको छ।साथै, ग्राहकलाई लक्षित गर्दै डिम्याट खाता र मेरो शेयर सेवा एक वर्षका लागि निःशुल्क उपलब्ध गराइने विशेष अफर पनि सार्वजनिक गरिएको छ।कार्यक्रममा सहभागीहरूले शेयर बजारसम्बन्धी महत्वपूर्ण ज्ञान हासिल गरेको र यस्ता कार्यक्रमहरूले लगानीकर्तालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।
    Pokhara: A one-day free stock market training program on basic and technical analysis was successfully conducted in Pokhara on the occasion of Global Money Week 2026. The program was held on Saturday.The event, organized by Imperial Securities Broker No. 45, witnessed a large participation of students from colleges and various universities. The program was also broadcast live through Imperial Securities’ official Facebook page and the Nepse Trading YouTube channel.Speaking at the event, speakers highlighted that a large capital is not required to invest in the stock market. They emphasized that individuals can begin investing with an amount according to their financial capacity. Unlike other sectors, there is no fixed capital requirement, making the stock market accessible to both high-net-worth individuals and ordinary investors.It was also shared that the number of investors in the stock market has been increasing steadily due to the active role of regulatory bodies and brokerage firms. However, the speakers stressed that not all investors may have proper knowledge regarding investment priorities, highlighting the importance of such training programs.The program was chaired by Bhattiram Ghimire, Executive Chairman of Imperial Securities. The Chief Guest of the event was Dr. Nabaraj Adhikari, Executive Director of the Securities Board of Nepal (SEBON). Special guests included Keshav Prasad Timilsina, Chief of Nepal Rastra Bank Gandaki Province, and Shambhu Prasad Mishra, Chief of Insurance Authority Gandaki Province.Senior investor Ambika Prasad Paudel shared insights from over two decades of experience, focusing on fundamental analysis and emphasizing the importance of research and patience in investing. He also stated that long-term investment in fundamentally strong companies yields positive results.Similarly, Sandeep Kumar Chaudhary, Executive Chairman and analyst of Nepse Trading, conducted a special session on both fundamental and technical analysis.The program was formally inaugurated by Chief Guest Dr. Nabaraj Adhikari by lighting the traditional lamp, followed by the national anthem.On the same occasion, Imperial Securities announced the opening of its fifth branch in Pokhara. The company also introduced Portfolio Management Services (PMS) and Margin Trading through Broker No. 45.Additionally, a special offer was announced, providing free Demat account and Mero Share services for one year to clients.Participants expressed that they gained valuable knowledge about the stock market and believed that such programs play a crucial role in empowering investors.

    Trending News

    • Trending12 Jun, 2026

      शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

      Read news
    • Trending12 Jun, 2026

      नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

      Read news
    • Trending12 Jun, 2026

      शेयर बजारमा नयाँ खेल : पद छाडेर सेयर बेच्ने प्रवृत्तिले सर्वसाधारण लगानीकर्ता जोखिममा

      Read news

    Related News

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026

  • शेयर बजारमा नयाँ खेल : पद छाडेर सेयर बेच्ने प्रवृत्तिले सर्वसाधारण लगानीकर्ता जोखिममा
    Investor

    3 min read

    शेयर बजारमा नयाँ खेल : पद छाडेर सेयर बेच्ने प्रवृत्तिले सर्वसाधारण लगानीकर्ता जोखिममा

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • फिफा विश्वकप २०२६ : उद्घाटन खेलमै तीन रातो कार्ड, मेक्सिकोको विजयी सुरुवात
    Top

    2 min read

    फिफा विश्वकप २०२६ : उद्घाटन खेलमै तीन रातो कार्ड, मेक्सिकोको विजयी सुरुवात

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • स्पेसएक्सको ऐतिहासिक आईपीओ : मस्क बने विश्वकै पहिलो खर्बपति
    Investor

    2 min read

    स्पेसएक्सको ऐतिहासिक आईपीओ : मस्क बने विश्वकै पहिलो खर्बपति

    NEPSE TRADING

    ·

    12 Jun, 2026