NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. From Germany to Russia, Nepal Records Trade Surplus: Which Countries Brought Profits?
    नेपाललाई जर्मनीदेखि रुससम्म व्यापारमा नाफा, नाफा हुने देश कुन कुन हुन ?
    Top
    1 min read
    Published on September 23, 2025
    NEPSE TRADING

    नेपाललाई जर्मनीदेखि रुससम्म व्यापारमा नाफा, नाफा हुने देश कुन कुन हुन ? From Germany to Russia, Nepal Records Trade Surplus: Which Countries Brought Profits?

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले धेरैजसो मुलुकसँग व्यापार घाटा खेप्दा पनि केही मुलुकसँग भने नाफा (Trade Surplus) कमाएको छ। भन्सार विभागका तथ्याङ्कअनुसार, १२६ देशहरूमध्ये करिब डेढ दर्जन मुलुकसँग नेपालको व्यापार नाफामा देखिएको छ।

    नेपालले सबैभन्दा ठूलो नाफा जर्मनीसँग कमाएको छ। यस अवधिमा जर्मनीसँगको आयात ७ अर्ब १६ करोड रुपैयाँमा सीमित रहँदा निर्यात भने ८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। यसरी जर्मनीसँग मात्रै १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी नाफा भएको छ। जर्मनीतर्फ नेपाली कर्पेट, गार्मेन्ट्स, हस्तकलाका सामान र चिया–कफी जस्ता वस्तु प्रमुख निर्यात बनेका छन्।

    यस्तै, रूससँगको व्यापारमा पनि नेपालले नाफा देखाएको छ। दुई महिनामा रूसबाट करिब ९० लाख रुपैयाँको मात्र आयात भए पनि त्यहाँतर्फ निर्यात ३१ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यसरी रूससँग २२ करोड रुपैयाँभन्दा बढी नाफा भएको छ।

    निकट छिमेकी मुलुकहरूबाट घाटा खेपिरहेको अवस्थामा नेपालले अफगानिस्तानसँग भने ४ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ। त्यस्तै, स्वीडेनसँग १८ करोड रुपैयाँ, नर्वेसँग ३ करोड ७९ लाख रुपैयाँ र सेस्लेससँग १ करोड ११ लाख रुपैयाँ नाफा भएको विभागले जनाएको छ।

    फिजी, लेबनान, क्रोएसिया, एस्टोनिया, जर्जिया, साईप्रस र उरुग्वे जस्ता साना बजारहरूसँग पनि नेपालले सानो मात्रामा भए पनि नाफा कमाएको छ। यी मुलुकहरूतर्फ प्रायः गार्मेन्ट्स, हस्तशिल्प, कर्पेट, मसला र कृषि उत्पादन नै प्रमुख निर्यात बन्दै आएका छन्।

    तर, समग्र व्यापार संरचनाले भने फरक तस्वीर देखाउँछ। भारत, चीन, अमेरिका, मलेसिया, साउदी अरब, कतार र थाइल्याण्डसँगको ठूलो घाटाले यी नाफा हुने मुलुकहरूको योगदान क्षणिक देखिएको छ। विशेषगरी भारतसँग मात्रै १ खर्ब ३५ अर्ब रुपैयाँभन्दा बढी घाटा हुँदा, नेपालले साना मुलुकसँग कमाएको नाफाले समग्र घाटा घटाउन सकेको छैन।

    अर्थशास्त्रीहरूका अनुसार, नेपालले यी नाफा हुने मुलुकहरूसँगको व्यापार विस्तार गर्दै, उत्पादनको गुणस्तर सुधार गरी दीर्घकालीन बजारको खोजी गर्न सके मात्र निर्यातलाई दिगो बनाउन सकिन्छ। नत्र, साना बजारहरूमा प्राप्त भएको नाफा ठूलो घाटा घटाउन पर्याप्त नहुने उनीहरूको चेतावनी छ।

    Kathmandu – In the first two months of the current fiscal year 2082/83, while Nepal faced trade deficits with most countries, it still managed to record a trade surplus with a handful of nations. According to data from the Department of Customs, Nepal enjoyed positive trade balances with about a dozen countries out of 126 trading partners.

    The largest surplus came from Germany. Imports from Germany amounted to Rs. 7.16 billion, while exports surged to Rs. 8.72 billion, leaving Nepal with a surplus of more than Rs. 1.56 billion. Major exports to Germany included handmade carpets, garments, handicrafts, and tea and coffee products.

    Nepal also posted a notable surplus with Russia. Imports during the two-month period were just Rs. 9 million, while exports crossed Rs. 310 million, generating a surplus of over Rs. 220 million.

    Despite recording massive deficits with immediate neighbors, Nepal earned a surplus of Rs. 48.1 million with Afghanistan. Similarly, the country posted surpluses of Rs. 180 million with Sweden, Rs. 37.9 million with Norway, and Rs. 11.1 million with Seychelles.

    Other smaller markets such as Fiji, Lebanon, Croatia, Estonia, Georgia, Cyprus, and Uruguay also brought modest trade surpluses for Nepal. Exports to these countries were largely composed of garments, handicrafts, carpets, spices, and agricultural products.

    However, the broader trade picture remains unfavorable. Huge deficits with India, China, the United States, Malaysia, Saudi Arabia, Qatar, and Thailand have overshadowed the gains made in surplus markets. In particular, Nepal’s trade deficit with India alone exceeded Rs. 135 billion, dwarfing the profits made elsewhere.

    Economists stress that Nepal needs to build on these surplus markets by expanding trade relations, improving product quality, and seeking long-term market access. Without structural reforms and diversification, they warn, small surpluses from limited markets will not be enough to offset the country’s mounting trade deficit.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026