NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. Ganapati Laghubitta's Profit Up by 179.51%: EPS and Operating Profit Also Rise
    गणपति लघुवित्तको नाफा १७९.५१%:  EPS र सञ्चालन मुनाफामा समेत वृद्धि
    Latest
    1 min read
    Published on August 5, 2025
    NEPSE TRADING

    गणपति लघुवित्तको नाफा १७९.५१%: EPS र सञ्चालन मुनाफामा समेत वृद्धिGanapati Laghubitta's Profit Up by 179.51%: EPS and Operating Profit Also Rise

    गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड (GMFBS) ले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार लघुवित्तले उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ। चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १७९.५१ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष सोही अवधिमा लघुवित्तको नाफा १ करोड ५२ लाख रुपैयाँ थियो।

    समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १६८.२७ प्रतिशतले वृद्धि भई ६ करोड ७१ हजार रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ४२.२६ प्रतिशतले बढेर १८ करोड २१ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी पनि ४१.७१ प्रतिशतले वृद्धि भई १७ करोड २७ लाख रुपैयाँमा पुगेको छ। यद्यपि, खुद फि तथा कमिशन आम्दानी भने ८६.५७ प्रतिशतले घटेर मात्र ८ लाख ४१ हजार रुपैयाँमा झरेको छ।

    आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ६४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४२ पैसा पुगेको छ। यस अवधिमा लघुवित्तको कुल EPS २८ रुपैयाँ ४ पैसा रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८ रुपैयाँ १ पैसाले वृद्धि हो। कम्पनीको मूल्य-आर्जन अनुपात (PE Ratio) ५६.६६ रहेको छ भने प्रति सेयर नेटवर्थ १७७ रुपैयाँ ४५ पैसा रहेको देखिन्छ।

    १५ करोड १५ लाख रुपैयाँ चुक्तापुँजी रहेको लघुवित्तको जगेडा कोषमा ११ करोड ७३ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले असार मसान्तसम्ममा २ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा लगानी २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। यी वित्तीय सूचकांकहरूले लघुवित्तको अवस्था सुदृढ रहेको संकेत गर्छ।

    Ganapati Laghubitta Bittiya Sanstha Limited (GMFBS) has published its unaudited financial report for the fourth quarter of FY 2081/82, showcasing remarkable financial performance. As per the report, the company posted a net profit of NPR 4.25 crore, a sharp rise of 179.51% compared to NPR 1.52 crore in the same period last year.

    The microfinance institution's operating profit surged by 168.27% to NPR 6.07 crore, while total operating income increased by 42.26% to NPR 18.21 crore. Net interest income rose by 41.71% to NPR 17.27 crore. However, net fee and commission income dropped significantly by 86.57% to just NPR 8.41 lakh.

    By the end of the fourth quarter, Ganapati Laghubitta’s distributable profit stood at NPR 2.64 crore, and the distributable earnings per share (EPS) was NPR 17.42. Overall EPS climbed to NPR 28.04, up by NPR 18.01 from the previous year. The company reported a Price-to-Earnings (PE) ratio of 56.66 times and a net worth per share of NPR 177.45.

    With a paid-up capital of NPR 15.15 crore, the company has maintained a reserve fund of NPR 11.73 crore. By the end of Ashad, it had collected NPR 2.27 Arba in deposits and deployed NPR 2.29 Arba in loans and advances. These financial indicators reflect strong growth and a solid financial foundation for the institution.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026