·

गरिमा विकास बैंकको १९औं वार्षिक साधारण सभा आज पोखरामा

Author

NEPSE TRADING

गरिमा विकास बैंकको १९औं वार्षिक साधारण सभा आज पोखरामा

पोखरा । लाभांश पारित गर्नका लागि गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिक साधारण सभा आज कात्तिक २७ गते, बिहीबार पोखराको होटल पोखरा ग्राण्ड, बिरौटामा बिहान ११ बजे सुरु हुने भएको छ।

सभाले हाल कायम चुक्ता पूँजीमा आधारित रही ६ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर प्रयोजनका लागि ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसका साथै, सभामा बैंकको रजिष्टर्ड कार्यालय स्थानान्तरण, छाप तथा लोगो परिवर्तन, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अधिकार दिने, साथै प्रबन्धपत्र र नियमावली संशोधन र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि पारित गरिनेछन्।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार गरी सेयरधनी बनेका लगानीकर्ताहरूले सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

गरिमा विकास बैंकले देशभर आफ्नो सेवा विस्तार गर्दै स्थायित्व, ग्राहक विश्वास र लगानीकर्ताको प्रतिफल सन्तुलनमा राख्ने प्रतिबद्धता दोहोर्याएको छ।

Related News