गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामूहिक लगानी योजना ‘गरिमा समृद्धि योजना’ ले इकाइधनीलाई ५.१० प्रतिशत लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ।
गरिमा विकास बैंकद्वारा प्रवद्र्धित र गरिमा क्यापिटल लिमिटेडले योजना व्यवस्थापन गरेको यस योजनाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट करसहित ५.१० प्रतिशत अर्थात् कुल ६ करोड ३७ लाख ५० हजार रुपैयाँबराबरको लाभांश वितरण गर्न लागेको हो।
कम्पनीले लाभांश वितरण प्रयोजनका लागि साउन २७ गते बुक क्लोज गर्ने जानकारी गराएको छ। त्यस अनुसार साउन २६ गतेसम्म कायम रहेका इकाइधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन्।





