NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Garments and Carpets Still the Backbone of Exports, but Competition Intensifies
    गार्मेन्ट्स र कर्पेट अझै निर्यातको आधार, तर प्रतिस्पर्धा कडा
    Investor
    1 min read
    Published on September 23, 2025
    NEPSE TRADING

    गार्मेन्ट्स र कर्पेट अझै निर्यातको आधार, तर प्रतिस्पर्धा कडाGarments and Carpets Still the Backbone of Exports, but Competition Intensifies

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले गरेको कुल निर्यातमा परम्परागत वस्तु गार्मेन्ट्स र कर्पेट अझै पनि प्रमुख आधार बनेका छन्। भन्सार विभागका तथ्याङ्कअनुसार नन–निटेड गार्मेन्ट्स १४ अर्ब ९५ करोड रुपैयाँ, निटेड गार्मेन्ट्स ९ अर्ब १८ करोड रुपैयाँ, र मानव निर्मित फाइबर २० अर्ब रुपैयाँभन्दा बढी निर्यात भएको छ। त्यस्तै, हस्तनिर्मित कर्पेटको निर्यात १७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।

    यी परम्परागत वस्तुहरूले अझै पनि ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरिरहेका छन्। विशेष गरी युरोपेली मुलुकतर्फ कर्पेटको माग स्थिर रहेको छ भने गार्मेन्ट्स र कपडा दक्षिण एशिया र पश्चिमी मुलुकतर्फ निर्यात भइरहेको छ।

    तर, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा झन् कडा हुँदै गएको छ। बंगलादेश, भियतनाम र क्याम्बोडिया जस्ता मुलुकहरूले सस्तो मूल्यमा ठूलो मात्रामा कपडा उत्पादन गर्ने भएकाले नेपालका गार्मेन्ट्स उद्योग दबाबमा परेका छन्। उत्पादन लागत उच्च हुनु, प्रविधिगत आधुनिकीकरण नहुनु र आपूर्ति शृंखला कमजोर हुनु नेपालका गार्मेन्ट्स उद्योगका चुनौती मानिएका छन्।

    उता, कर्पेट उद्योग पनि नयाँ पुस्ताले व्यवसायलाई निरन्तरता दिन अनिच्छा देखाएकाले दीर्घकालीन रूपमा संकटमा पर्न सक्ने विज्ञहरूको चेतावनी छ। उनीहरूका अनुसार, फेयर ट्रेड प्रमाणपत्र, पर्यावरणमैत्री उत्पादन र प्रिमियम ब्रान्डिङमार्फत मात्रै कर्पेट उद्योगलाई टिकाउन सकिन्छ।

    विज्ञहरूले सरकार र निजी क्षेत्रबीच सहकार्य गरी आधुनिक प्रविधि, गुणस्तर नियन्त्रण र बजार विस्तारमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्। यसो गर्न सकिएमा गार्मेन्ट्स र कर्पेट अझै लामो समयसम्म निर्यातको आधारका रूपमा टिकाउन सकिने सम्भावना रहेको उनीहरूको तर्क छ।

    Kathmandu – In the first two months of the current fiscal year 2082/83, Nepal’s traditional export items, garments and carpets, continue to be the backbone of the country’s foreign trade. According to the Department of Customs, exports of non-knitted garments stood at Rs. 14.95 billion, knitted garments at Rs. 9.18 billion, and man-made staple fibers at more than Rs. 20 billion. Similarly, handmade carpet exports reached Rs. 17.33 billion during the same period.

    These traditional sectors remain major sources of foreign exchange for Nepal. Carpets continue to find stable demand, particularly in European countries, while garments and textiles are exported mainly to South Asia and Western markets.

    However, the global market has become increasingly competitive. Countries such as Bangladesh, Vietnam, and Cambodia are producing garments at lower costs and in larger volumes, creating significant pressure on Nepal’s industries. Higher production costs, limited technological modernization, and weak supply chains are key challenges facing Nepali garment manufacturers.

    The carpet industry, meanwhile, faces its own hurdles. Younger generations are increasingly reluctant to pursue carpet weaving as a livelihood, raising concerns over the industry’s long-term sustainability. Experts warn that without fair-trade certification, eco-friendly production methods, and premium branding, Nepal’s carpets may lose their competitive edge.

    Analysts suggest that collaboration between the government and the private sector is vital. By investing in modern technology, quality assurance, and international market expansion, Nepal could sustain garments and carpets as export mainstays for years to come despite the intensifying global competition.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026