गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेड
विशेष साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति : २०८३/०३/११)
आदरणीय शेयरधनी महानुभावहरु,
मिति २०८३/०३/१० गते बुधवार बिहान १०:०० बजे बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम यस कम्पनीको विशेष साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न लिखित विषय उपर छलफल गरी निर्णय गर्न बस्ने भएको हुँदा शेयरधनी स्वयं उपस्थित हुने वा रीतपूर्वक प्रतिनिधि मुकरर गरी पठाई दिनु हुन सबै शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
साधारण सभा हुने मिति, समय र स्थान
मिति : २०८३/०३/२८ गते, आइतबार अर्थात् जुलाई १२, २०२६ ।
समय : १०:०० बजे, बिहान ।
स्थान : एलिस रिसेप्सन, गैरीधारा काठमाण्डौ
छलफलका विषयहरु:
विशेष प्रस्ताव :
- पूँजी संरचना परिवर्तन गर्ने सम्बन्धमा ।
- प्रवन्ध पत्रको दफा ६ को (क) (ख) (ग) (घ) संशोधन गर्ने सम्बन्धमा ।
- प्रारम्भिक सार्वजनिक निष्काशनको स्वीकृति लिने सम्बन्धमा ।
- सार्वजनिक निष्काशनबाट प्राप्त रकमको उपयोग सम्बन्धमा ।
- कम्पनीको प्रवन्ध पत्रमा गरिएको संशोधन सम्बन्धमा नियामक निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जन गर्न निर्देशन दिएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
- विविध ।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव




