NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. GenZ Protests Trigger Nepal’s Largest Insurance Claim Crisis
    जेनजी आन्दोलन : नेपालको बीमा इतिहासकै सबैभन्दा ठूलो दाबी हुने
    Investor
    2 min read
    Updated on September 16, 2025
    NEPSE TRADING

    जेनजी आन्दोलन : नेपालको बीमा इतिहासकै सबैभन्दा ठूलो दाबी हुनेGenZ Protests Trigger Nepal’s Largest Insurance Claim Crisis

    भदौ २३ र २४ गते देशभर फैलिएको जेनजी आन्दोलनले नेपाली समाजलाई मात्र होइन, वित्तीय क्षेत्रमा समेत गहिरो घाउ बनाइदिएको छ। राजधानीदेखि बाहिरी शहरसम्म भएको तोडफोड, आगजनी र लुटपाटका कारण बीमा कम्पनीहरूमा हालसम्मकै सबैभन्दा ठूलो दाबी पर्ने आकलन गरिएको छ।

    बीमा कम्पनीहरूको छातामन्त्री संस्था नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदावर क्षेत्रीका अनुसार यस पटकको क्षतिको परिमाण २०७२ सालको भूकम्पभन्दा पनि धेरै ठूलो हुन सक्नेछ। “सबैभन्दा धेरै दाबी भाटभटेनी सुपर स्टोर र हिल्टन होटलतर्फबाट आउने देखिन्छ,” उनले भने।

    भाटभटेनी सुपर स्टोरका २८ शाखामध्ये २१ वटामा क्षति पुगेको छ। तीमध्ये १२ शाखा पूर्णरूपमा नष्ट भएका छन्। काठमाडौंको नक्साल र चुच्चेपाटी शाखा पूर्णरूपमा जलेर खरानी बनेका छन् भने महाराजगञ्ज, कोटेश्वरलगायतका शाखा पनि ध्वस्त भएका छन्। उपत्यकाबाहिर धरान, विराटनगर, दमक, बिर्तामोडका शाखा समेत जलेर खरानी बनेका छन्।

    हिल्टन होटलको मात्रै आठ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। यो होटल दि ओरियण्टल इन्स्योरेन्समा बीमित भए पनि पुनर्बीमा रकम भने तीन अर्ब रुपैयाँमै सीमित छ। यसले गर्दा कम्पनीले ठूलो वित्तीय भार व्यहोर्नुपर्ने देखिन्छ।

    बीमा कम्पनीहरूले सम्पत्तिको क्षतिमा आधारित दाबी लिन सुरु गरेका छन्। तर, सबै प्रकारका क्षति बीमाले व्यहोर्ने छैन। अधिकांश सरकारी भवन, राजनीतिक दलका कार्यालय र निजी घरहरू बीमा नभएकै कारण दाबी भुक्तानी पाउने छैनन्। घरजग्गा खरिद वा निर्माण गर्दा बैंकबाट कर्जा लिएका ग्राहकका घरमा मात्र बीमा हुने भए पनि प्रायः अण्डरइन्स्योरेन्स भएकाले सम्पूर्ण क्षति बराबरको दाबी पाउने स्थिति छैन।

    यस्तै, सवारी साधनतर्फ पनि ठूलो क्षति भए पनि दाबी न्यून हुने अनुमान छ। कारण, मोटर बीमामा हुलदंगा तथा आतंकवादजन्य जोखिम अनिवार्य छैन। प्रायः मोटरधनीहरूले तेस्रो पक्ष बीमा मात्रै गरेका हुन्छन्।

    तर, उद्योग र व्यवसायीक भवनतर्फ भने ठूला दाबी पर्न सक्ने देखिएको छ। व्यवसायीक सम्पत्ति बीमा गर्दा प्रायः उद्योगहरूले अनुसांगिक बीमा समेत गर्ने गरेका हुन्छन्। यसको अर्थ, क्षति भएपछि तीनदेखि छ महिनासम्म सञ्चालन नहुने अवधिको घाटासम्म बीमा भुक्तानीमा पर्न सक्छ।

    नेपाल पुनर्बीमा कम्पनीले दाबीको ठूलो भाग व्यहोर्नुपर्नेछ। बीमा प्राधिकरणका अनुसार १० करोड रुपैयाँसम्मको दाबीमा ६५ प्रतिशत पुनर्बीमा कम्पनी र ३५ प्रतिशत सम्बन्धित बीमा कम्पनीले व्यहोर्ने प्रावधान छ। तर १० करोडदेखि ६ अर्बसम्मको दाबी भने पूर्णरूपमा पुनर्बीमा कम्पनीले नै व्यहोर्नुपर्ने हुन्छ।

    यद्यपि, सबै सम्पत्ति हुलदंगा तथा आतंकवाद समूह अन्तर्गत बीमित नभएकाले जोखिम अझै उच्च छ। कतिपय बीमा कम्पनीहरूले यस खालको जोखिम नेपालमा नभएको भन्दै पछिल्लो समय पुनर्बीमा गर्न छोडेकाले, त्यस्तो अवस्थामा सम्पूर्ण जिम्मेवारी सम्बन्धित बीमा कम्पनीमै पर्न सक्ने प्राधिकरणको चेतावनी छ।

    होटल संघ नेपाल (हान) का अनुसार देशभरका दुई दर्जन होटलमा ठूलो क्षति भएको छ। प्रारम्भिक विवरणअनुसार मात्र २५ अर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको अनुमान गरिएको छ। यसले करिब दुई हजारभन्दा बढी होटल कामदारको रोजगारीमा प्रत्यक्ष असर पारेको छ।

    The GenZ protests of September 23–24 have left Nepal reeling not only socially and politically, but also financially. The wave of vandalism, arson, and looting has resulted in damages so vast that insurers are calling it the single largest insurance claim event in the country’s history.

    According to Birendra Baidawar Kshetri, President of the Insurance Association of Nepal and CEO of Siddhartha Premier Insurance, the financial burden could even exceed the payouts following the 2015 earthquake. “The biggest claims are expected from Bhatbhateni Superstores and Hilton Hotel,” he said.

    Bhatbhateni, Nepal’s largest retail chain, has seen 21 of its 28 outlets damaged, with 12 completely destroyed. The flagship stores in Naxal and Chucchepati were reduced to ashes, while Maharajgunj and Koteshwor branches also suffered heavy destruction. Outside the Valley, stores in Dharan, Biratnagar, Damak, and Birtamod were burned down, leaving the retail giant devastated.

    Hilton Hotel alone has reported losses worth NPR 8 billion. Although the hotel is insured with Oriental Insurance, only NPR 3 billion is reinsured, meaning a major portion of the financial liability will directly fall on the insurer itself.

    Insurance companies have begun registering claims, but not all damages will qualify for payouts. Most government buildings, including Singha Durbar, the Parliament, and even the Supreme Court, remain uninsured and therefore ineligible. The same is true for political party offices and private residences, which were among the worst-hit during the protests.

    For private homes, coverage exists only where mortgages are tied to banks, and even then, most properties are underinsured. Homeowners typically insure only up to the value of their loan, not the full property value, meaning compensation will cover only a fraction of the actual losses.

    The situation is similar for vehicles. Motor insurance in Nepal does not automatically cover riot or terrorism-related risks, and most owners only opt for third-party liability coverage. As a result, despite widespread destruction of vehicles, insurers expect only a small number of claims.

    The biggest valid claims will likely come from industrial and commercial properties. Businesses usually hold not only property insurance but also consequential loss (business interruption) coverage, which compensates for losses incurred during the months of shutdown. Officials estimate such claims could extend for three to six months, adding a significant burden on insurers.

    Nepal Reinsurance Company, the national reinsurer, will shoulder much of the payout. Under current rules, for claims up to NPR 1 billion, Nepal Re covers 65% while the primary insurer bears 35%. Claims between NPR 1 billion and NPR 6 billion, however, are fully reinsured. Still, not all destroyed properties had riot or terrorism coverage. In such cases, insurers—not Nepal Re—must pay the claims themselves.

    The Hotel Association of Nepal (HAN) estimates damages to over two dozen hotels across the country, with initial figures surpassing NPR 25 billion. More than 2,000 workers now face job insecurity during the festive season, as hotels cannot resume operations until reconstruction is complete.

    The GenZ protests, driven by anti-corruption anger, have now evolved into a financial crisis for insurers, reinsurers, businesses, and workers alike. As billions in claims pile up, the episode may force Nepal’s insurance sector to rethink its structure, coverage mandates, and preparedness for future political and social upheavals.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026