NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. “Ghar Nirman Fest 2082” to Be Held in Kathmandu, Expected to Generate Over Rs. 2 Billion i...
    ‘घर निर्माण फेस्ट २०८२’ काठमाडौँमा हुँदै, २ सय करोडभन्दा बढीको कारोबार हुने अनुमान
    Investor
    1 min read
    Published on November 30, 2025
    NEPSE TRADING

    ‘घर निर्माण फेस्ट २०८२’ काठमाडौँमा हुँदै, २ सय करोडभन्दा बढीको कारोबार हुने अनुमान“Ghar Nirman Fest 2082” to Be Held in Kathmandu, Expected to Generate Over Rs. 2 Billion in Transactions

    नेपालको निर्माण क्षेत्रमा देखिएको सुस्ततालाई हटाउँदै बजारलाई पुनः सक्रिय बनाउन काठमाडौँमा ‘घर निर्माण फेस्ट २०८२’ आयोजना हुने भएको छ। घर निर्माण फाउन्डेसनको आयोजनामा पुस १२ देखि १५ गतेसम्म भृकुटीमण्डपमा फेस्ट सञ्चालन हुने छ।

    नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि विस्तार हुँदै गए पनि धेरै ब्रान्डहरू उत्पादनको प्रभावकारी प्रस्तुति, बजारमा स्थायी ब्रान्डिङ, र ग्राहकसँग प्रत्यक्ष सम्बन्ध विस्तारमा चुनौती भोगिरहेका अवस्थामा यो फेस्ट महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ। फाउन्डेसनका अनुसार फेस्टले यी सबै चुनौतिहरूलाई सम्बोधन गर्ने लक्ष्य लिएको छ।

    फेस्टमा सहभागी व्यवसायीहरूले प्रत्यक्ष अन्तरक्रिया, विशेषज्ञ मार्गदर्शन तथा ब्रान्डिङ परामर्शमार्फत आफ्ना उत्पादन र सेवाहरू लक्षित ग्राहकसम्म प्रभावकारी रूपमा पुर्‍याउन सक्नेछन्। मेलामा ४० हजारभन्दा धेरै दर्शकको उपस्थिति रहने अनुमान छ भने चार दिनमै २ सय करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको छ।

    एसियन पेन्ट्स, प्लम्बर पाइप, नेपोविट टायल्सलगायत निर्माण सामग्री क्षेत्रका ठूला कर्पोरेट हाउसहरूको सहभागिता रहने फेस्टले बीटुबी तथा बीटुसी दुवै प्रकारका सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ। साथै, नवप्रवर्तनलाई प्रोत्साहन गर्न डोम हाउस टेक्नोलोजी, विश्व कीर्तिमानी इट्टा र अन्य अनौठा तथा आधुनिक आकर्षणहरू प्रदर्शन गरिनेछन्।

    विशेष आकर्षणको रूपमा फाउन्डेसनद्वारा बनाइएको विश्वकै सबैभन्दा ठूलो आकारको इट्टालाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा दर्ता गराउने तयारी भइरहेको आयोजकले जनाएको छ। यस्तै, ‘अपसाइड–डाउन हाउस’ अर्थात् उल्टो संरचनामा बनाइएको अनौठो घर पनि प्रदर्शन गरिनेछ।

    डोम हाउस अवधारणाबाट एक दिनमै घर, होटल वा रिसोर्ट निर्माण गर्न सकिने प्रविधि पनि फेस्टमा प्रस्तुत गरिनेछ। फेस्टमा आउने दर्शकले इन्जिनियर, आर्किटेक्ट र निर्माण सामग्री विज्ञहरूसँग डिजाइन, गुणस्तर, लागत र आधुनिक प्रविधिबारे निःशुल्क परामर्श पाउने व्यवस्था मिलाइएको छ।

    फाउंडेसनले फेस्टलाई सिर्जनशील, रोचक र नवप्रवर्तनयुक्त बनाउने लक्ष्य लिएको छ, जसले निर्माण उद्योग, उत्पादक र उपभोक्तालाई एउटै प्लेटफर्ममा जोड्दै समग्र निर्माण बजारलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

    Aiming to overcome the slowdown seen in Nepal’s construction sector and revive market activity, the “Ghar Nirman Fest 2082” is set to take place in Kathmandu. Organized by the House Construction Foundation, the event will be held at Bhrikutimandap from Poush 12 to 15.

    Recognized as Nepal’s largest construction-related expo, the fest comes at a time when the country’s construction and commercial activities are expanding but many brands continue to face challenges in product presentation, effective branding, and building customer relationships. The Foundation believes the fest will help address these challenges and create new market opportunities.

    Through direct interactions, expert guidance, and branding consultations, participating businesses are expected to effectively reach their target customers. Organizers estimate that the four-day event will witness economic transactions exceeding Rs. 2 billion, with more than 40,000 visitors expected to attend.

    Major corporate houses including Asian Paints, Plumber Pipe, and Nepovit Tiles will participate in the fest. The event aims to connect construction material manufacturers, technicians, and consumers in one platform, supporting both B2B and B2C market expansion. Highlighting innovation, the expo will also feature Dome House Technology and a world-record brick.

    A key attraction will be the world’s largest brick, prepared by the Foundation, which will be submitted for inclusion in the Guinness Book of World Records. Additionally, an “upside-down house”—a complete home structure and interior displayed in reverse—will also be showcased. The fest will introduce Dome House technology that enables the construction of homes, hotels, or resorts within a single day.

    Visitors will be able to receive free expert consultations on construction-related queries. Engineers, architects, construction material specialists, and industry experts will offer guidance on design, cost, quality, and modern technologies.

    The Foundation aims to make the fest creative, exciting, and innovation-focused, bringing together producers, professionals, and consumers under one roof, ultimately helping revitalize Nepal’s construction market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026