
Top
<1 min read
NEPSE TRADING
हर्मोज जलसन्धि तनावपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र वृद्धि, १०० डलर नाघ्योGlobal Crude Oil Prices Surge Above $100 Amid Escalating Strait of Hormuz Tensions
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनालाई हर्मोज जलसन्धि हुँदै प्रवेश वा बाहिर निस्कन खोज्ने जहाजहरूलाई रोक्ने निर्देशन दिँदै इरानी बन्दरगाहहरूमा नाकाबन्दी गर्ने घोषणा गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। यस घटनापछि अमेरिकी क्रुडको मूल्य करिब ८ प्रतिशतले बढेर प्रतिव्यारेल १०४.२४ अमेरिकी डलर पुगेको छ भने ब्रेन्ट क्रुडको मूल्य ७ प्रतिशतले बढेर १०२.२९ डलर पुगेको छ। युद्ध सुरु हुनुअघि करिब ७० डलरको आसपास रहेको तेलको मूल्य पुनः १०० डलरभन्दा माथि पुगेको छ, जसले विश्वव्यापी व्यापार, आपूर्ति शृङ्खला र समग्र अर्थतन्त्रमा गम्भीर प्रभाव पार्ने चिन्ता बढाएको छ ।
Following U.S. President Donald Trump’s announcement directing the U.S. Navy to block ships attempting to enter or exit the Strait of Hormuz and imposing a blockade on Iranian ports, global crude oil prices have surged sharply. After the decision, U.S. crude rose by about 8 percent to $104.24 per barrel, while Brent crude increased by 7 percent to $102.29 per barrel. Oil prices, which were around $70 per barrel before the escalation, have now climbed back above the $100 mark, raising concerns over serious impacts on global trade, supply chains, and the broader world economy.




