NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Global IME Bank Concludes 19th AGM, Announces 8% Cash Dividend and Reaffirms Focus on Grow...
    ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश घोषणा गर्दै १९औं वार्षिक साधारणसभा सम्पन्न
    Investor
    1 min read
    Published on November 13, 2025
    NEPSE TRADING

    ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश घोषणा गर्दै १९औं वार्षिक साधारणसभा सम्पन्नGlobal IME Bank Concludes 19th AGM, Announces 8% Cash Dividend and Reaffirms Focus on Growth and Digital Transformation

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औं वार्षिक साधारणसभा (AGM) सम्पन्न गर्दै आर्थिक वर्ष २०८१/८२ (FY 2024/25) को नाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। सभामा अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको हो।

    अध्यक्ष ढकालले बैंकको सुदृढ वित्तीय स्थिति र लगानीकर्ताप्रतिको प्रतिबद्धता झल्किने गरी लाभांश वितरण गरिएको उल्लेख गर्दै बैंकले आगामी वर्षहरूमा पनि पूँजी सुदृढता र लगानीकर्ताको विश्वास कायम राख्ने बताए।

    आर्थिक वर्ष २०८१/८२ मा बैंकले ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन नाफा र ५ अर्ब ७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। यस नतिजाले ग्लोबल आइएमई बैंकलाई नेपालको अग्रणी वाणिज्य बैंकहरूको श्रेणीमा थप मजबुत बनाएको छ।

    सभामा आगामी रणनीतिक प्राथमिकताहरू पनि प्रस्तुत गरियो—जसमा व्यवसाय विस्तार, सञ्चालन दक्षता वृद्धि, डिजिटल रूपान्तरण र ग्राहक विश्वास अभिवृद्धि मुख्य फोकसका रूपमा रहेको छ। बैंकले देशभर वित्तीय पहुँच विस्तार र समावेशी बैंकिङ प्रवर्द्धनमा ध्यान केन्द्रित गर्ने योजना प्रस्तुत गरेको छ।

    ग्लोबल आइएमई बैंक नेपालको सवै ७७ जिल्लामा शाखा विस्तार गर्ने पहिलो निजी क्षेत्रको बैंक बनेको छ। हाल बैंकले डिजिटल बैंकिङ, ईएसजी (पर्यावरणीय, सामाजिक र सुशासन) अभ्यास र दिगोपनाका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ।

    बैंकले हालै “बेस्ट बैंक नेपाल २०२४ र २०२५” तथा “बेस्ट बैंक ईएसजी नेपाल २०२४” जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दै आफ्नो नवप्रवर्तनशीलता र उत्तरदायी बैंकिङ अभ्यास प्रमाणित गरेको छ।

    सभामा बैंकको विदेशी रोजगार रेमिट्यान्स सेवा क्षेत्रमा महत्त्वपूर्ण भूमिका रहेको र यसले देशको अर्थतन्त्रमा ठोस योगदान पुर्‍याइरहेको उल्लेख गरिएको थियो।

    १९औं वार्षिक साधारणसभा मार्फत बैंकले आफ्नो स्थायित्व, भविष्यमुखी रणनीति र समावेशी तथा दिगो बैंकिङप्रतिको प्रतिबद्धता पुनः पुष्टि गरेको छ।

    Kathmandu — Global IME Bank Limited successfully held its 19th Annual General Meeting (AGM) in Kathmandu, approving an 8% cash dividend to shareholders from the profit of fiscal year 2024/25. The proposal, presented by Chairman Chandra Prasad Dhakal, was unanimously approved by the shareholders.

    Chairman Dhakal highlighted that the dividend reflects the bank’s strong financial health, commitment to rewarding investors, and continued focus on capital strength.

    For FY 2024/25, the bank reported an operating profit of NPR 7.23 billion and a net profit of NPR 5.07 billion, reinforcing its position among Nepal’s leading commercial banks.

    During the AGM, the bank outlined its strategic priorities for the coming years — including business expansion, operational efficiency, digital transformation, and strengthening customer trust — with a clear focus on promoting financial inclusion across the nation.

    Global IME Bank remains the first private sector bank with presence in all 77 districts of Nepal. The bank continues to make significant progress in digital banking and ESG (Environmental, Social, and Governance) initiatives, integrating sustainability into its growth strategy.

    Recognized both nationally and internationally, the bank has received major honors such as “Best Bank Nepal 2024 & 2025” and “Best Bank ESG Nepal 2024”, underscoring its reputation for innovation, corporate responsibility, and excellence in governance.

    The AGM also emphasized the bank’s critical role in global remittance services, supporting Nepali workers abroad and contributing significantly to the national economy.

    Through its 19th AGM, Global IME Bank reaffirmed its resilience, forward-looking vision, and strong commitment to sustainable and inclusive banking.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026