NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Global IME Bank Posts NPR 3.25 Billion Net Profit in Q2; EPS Climbs to NPR 17.06
    ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब २५ करोड, प्रतिशेयर आम्दानीमा सुधार
    Investor
    1 min read
    Published on January 29, 2026
    NEPSE TRADING

    ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब २५ करोड, प्रतिशेयर आम्दानीमा सुधारGlobal IME Bank Posts NPR 3.25 Billion Net Profit in Q2; EPS Climbs to NPR 17.06

    काठमाडौं – मुलुककै ठूलो चुक्ता पूँजी भएको ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो नाफामा वृद्धि भएको जनाएको छ। बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुवैमा उत्साहजनक सुधार देखिएको हो।

    बैंकले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ६.५० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो।

    सञ्चालन आम्दानी र मुनाफा समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशतले खुम्चिए पनि फि तथा कमिशन आम्दानी र अन्य सञ्चालन मुनाफा बढ्दा नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ। बैंकको कुल सञ्चालन आम्दानी ४.६९ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफामा १.७२ प्रतिशतको सुधार देखिएको छ। तर, बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ।

    प्रमुख वित्तीय सूचकहरू

    • प्रतिशेयर आम्दानी (EPS): गत वर्षको तुलनामा १ रुपैयाँ ४ पैसाले बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ।

    • चुक्ता पूँजी र जगेडा कोष: बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ भने जगेडा कोषमा २८ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ।

    • निक्षेप र कर्जा: बैंकले पुस मसान्तसम्म ६ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    • नेटवर्थ र पीई रेसियो: प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात १३.२४ गुणा कायम भएको छ।

    पूँजीका आधारमा बलियो देखिएको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी भने १२ रुपैयाँ ७३ पैसा रहेको छ।

    KATHMANDU – Global IME Bank Limited (GBIME), the country’s largest lender by paid-up capital, has reported a steady growth in its bottom line for the second quarter of the current fiscal year. According to the unaudited financial statement released today, the bank’s net profit and Earnings Per Share (EPS) have both seen a moderate uptick compared to the same period last year.

    The bank clocked a net profit of NPR 3.25 billion during the first six months of the fiscal year, marking a 6.50% increase from the NPR 3.05 billion recorded in the previous year's second quarter.

    Operational Highlights While the bank’s core net interest income saw a slight contraction of 3.33%, the growth in profitability was primarily fueled by a surge in fee and commission income, which rose by 9.74%. Total operating income grew by 4.69%, while operating profit saw a modest rise of 1.72%. However, the bank's distributable profit settled at NPR 2.42 billion, with the distributable EPS standing at NPR 12.73.

    Key Financial Indicators (as of Q2):

    • Earnings Per Share (EPS): Increased by NPR 1.04 to reach NPR 17.06.

    • Paid-up Capital: Stands at a robust NPR 38.11 billion.

    • Reserve Fund: Strengthened to NPR 28.69 billion.

    • Deposit & Lending: The bank successfully mobilized NPR 605 billion in deposits and extended NPR 432 billion in loans.

    • Net Worth: The net worth per share is reported at NPR 175.29, while the Price-to-Earnings (P/E) ratio stands at 13.24 times.

    The bank's ability to maintain growth despite a dip in interest income reflects its diversified revenue streams and strong market presence in the commercial banking sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026