NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Global IME Bank Tops in Deposit Collection, Followed by Nabil and RBB
    ग्लोबल आइएमईको निक्षेप सबैभन्दा बढी, नबिल र आरबीबी पछि पछि
    Investor
    2 min read
    Updated on June 15, 2025
    NEPSE TRADING

    ग्लोबल आइएमईको निक्षेप सबैभन्दा बढी, नबिल र आरबीबी पछि पछि Global IME Bank Tops in Deposit Collection, Followed by Nabil and RBB

    बैंक तथा वित्तीय संस्थामार्फत आम नागरिकको पैसा व्यवस्थापन गरिने निक्षेप संकलनमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ सालको बैशाख मसान्तसम्म ग्लोबल आइएमईले रु. ५४ खर्ब ७२ अर्ब ५४ लाख निक्षेप संकलन गरेको छ।

    निक्षेप संकलनका आधारमा दोस्रो स्थानमा नबिल बैंक रहेको छ, जसको कुल निक्षेप रु. ५० खर्ब ७१ अर्ब ४६ लाख पुगेको छ। यस्तै, तेस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) रहेको छ, जसले रु. ४६ खर्ब २५ अर्ब ३३ लाख निक्षेप संकलन गरेको छ। यी तीन बैंकहरू हाल नेपाली बैंकिङ बजारको सबैभन्दा ठूला निक्षेपकर्ता बनेका छन्।

    कुल निक्षेपमा अग्रणी देखिए पनि वर्तमान खातामा रहेको (करेन्ट डिपोजिट) रकम हेर्दा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ। नबिलको हालको निक्षेप रु. ४१ अर्ब ७७ करोड, आरबीबीको रु. ३६ अर्ब ७९ करोड, र ग्लोबल आइएमईको रु. ३२ अर्ब ८९ करोड रहेको देखिन्छ।

    करेन्ट खातामा रहेको निक्षेप ग्राहकको दैनिक कारोबार, आय-व्यय र तरलता व्यवस्थापनसँग जोडिएको सूचक हो। जसले बैंकको बजारमा रहेको सक्रियता, ग्राहक सन्तुष्टि र विश्वासको झलक दिन्छ। उच्च करेन्ट डिपोजिट भएको बैंकले छोटो अवधिमा कर्जा प्रवाह गर्नसक्ने लचकता राख्दछ।

    यता, केही बैंकहरू भने कुल र हालको निक्षेप दुवैमा कमजोर देखिएका छन्। माछापुच्छ्रे बैंक (MBL), सिटिजेन, सनिमा र एनएसबीआईको कुल निक्षेप रु. १७ खर्बदेखि २१ खर्ब सीमाभित्र मात्र सीमित देखिएको छ। यसले ती बैंकहरूलाई बजारमा गहिरो पकड जमाउन अझै मेहनत गर्नुपर्ने देखाउँछ।

    विश्लेषकहरूका अनुसार बैंकको निक्षेप संकलन क्षमताले ग्राहकको विश्वास, सेवाको पहुँच, तथा संस्थाको ब्रान्ड मूल्य निर्धारण गर्छ। पछिल्लो समय देखिएको प्रतिस्पर्धी बैंकिङ प्रणालीमा ठूला बैंकहरूले आक्रामक विस्तार, डिजिटल सेवा प्रवर्द्धन र स्थायी ग्राहक निर्माणमा जोड दिइरहेका छन्।

    यसैबीच, नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि वाणिज्य बैंकहरूलाई निक्षेप तथा कर्जा अनुपात सन्तुलनमा राख्न निर्देशन दिँदै आएको छ। तरलता व्यवस्थापन, जोखिम न्यूनीकरण र कर्जाको गुणस्तर कायम राख्न स्थिर निक्षेप संकलन महत्वपूर्ण हुन्छ।

    यसरी हेर्दा, २०८२ सालको बैशाख मसान्तसम्म नेपाली वाणिज्य बैंकहरूको निक्षेप संरचना हेर्दा स्पष्ट देखिन्छ — साना र नयाँ बैंकहरूले गहिरो बजार पकड जमाउन चुनौती खेपिरहेका छन् भने ठूला बैंकहरूले आफ्नो पकड अझै मजबुत बनाउँदै लगेका छन्।

    Global IME Bank has emerged as the top commercial bank in Nepal in terms of total deposit collection. According to data published by Nepal Rastra Bank for the period ending Baisakh 2082, the bank has mobilized Rs. 540.72 billion in total deposits, securing its position at the top of the national banking industry.

    Closely following Global IME are Nabil Bank, with Rs. 507.14 billion, and Rastriya Banijya Bank (RBB), with Rs. 462.50 billion in deposits. These three banks together dominate the commercial banking sector in terms of deposit volume, reflecting their deep market penetration, extensive branch networks, and robust customer base.

    While Global IME leads in total deposits, Nabil Bank ranks highest in current deposits, which represent funds kept in checking accounts and are often used for daily transactions. Nabil holds Rs. 41.78 billion in current deposits, followed by RBB with Rs. 36.79 billion, and Global IME with Rs. 32.89 billion.

    Current deposits are considered a key indicator of a bank’s liquidity and transactional activity. Higher current deposits reflect stronger customer engagement and active account utilization, positioning banks to respond swiftly to lending demands and short-term liquidity needs.

    On the other hand, some banks remain on the lower end of the deposit spectrum. Machhapuchchhre Bank (MBL), Citizen Bank, Sanima Bank, and NSBI have total deposits ranging between Rs. 170 billion to Rs. 220 billion. Their lower figures highlight limited market outreach or conservative deposit strategies that may need revision to stay competitive.

    According to banking analysts, deposit strength is a crucial signal of public trust, service accessibility, and brand reputation. In an increasingly competitive market, banks with higher deposits tend to benefit from economies of scale, investment capability, and interest spread advantages. Major banks have been expanding rapidly through digital banking, aggressive product offerings, and rural penetration.

    Meanwhile, the central bank continues to push for balanced deposit-credit ratios and encourages sustainable liquidity management across the sector. Stable and diversified deposit bases help banks mitigate risks, manage credit flow, and remain resilient during economic shocks.

    Overall, the data for Baisakh 2082 reflects a stark contrast between large and mid-sized banks in Nepal. While the top banks continue to strengthen their grip, smaller institutions will need strategic pivots, innovation, and focused customer engagement to rise in the ranks.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026