NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Global IME Bank Tops in Fixed Deposit Collection
    फिक्स्ड डिपोजिटमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि
    Investor
    1 min read
    Published on June 15, 2025
    NEPSE TRADING

    फिक्स्ड डिपोजिटमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडिGlobal IME Bank Tops in Fixed Deposit Collection

    वाणिज्य बैंकहरूमा स्थायी खातामार्फत संकलन भएको निक्षेपमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ सालको बैशाख मसान्तसम्म बैंकले रु. २७२ अर्ब ८६ करोड स्थायी (फिक्स्ड) निक्षेप संकलन गरेको छ।

    ग्लोबल आइएमई पछ्याउँदै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (NIMB) ले रु. २५५ अर्ब ८० करोड र नबिल बैंकले रु. २३५ अर्ब १८ करोड फिक्स्ड निक्षेप संकलन गरेका छन्। स्थायी निक्षेप संकलनको दृष्टिकोणले यी बैंकहरू नेपालको बैंकिङ क्षेत्रको अग्रपंक्तिमा रहेका छन्।

    फिक्स्ड डिपोजिट संकलनमा कुमारी बैंकले रु. १९८ अर्ब ५२ करोड र आरबीबीले रु. १७४ अर्ब ८८ करोड बराबरको योगदान जुटाएका छन्। फिक्स्ड डिपोजिट संकलनमा शीर्ष पाँच बैंकको कूल हिस्सा एक खर्बभन्दा बढीको अन्तरले बाँकी बैंकहरूभन्दा स्पष्ट अग्रता लिएको छ।

    फिक्स्ड निक्षेपमा संकलन हुने रकम लामो अवधिको हुने भएकाले बैंकहरूका लागि यो तुलनात्मक रूपमा सस्तो र स्थिर स्रोत मानिन्छ। यस्तो स्रोतले कर्जा प्रवाहमा लचकता ल्याउनुका साथै ऋणमा ब्याजदर घटाउन मद्दत पुग्ने वित्तीय विश्लेषकहरूको भनाइ छ।

    यसबाहेक, स्थायी निक्षेपमा घरेलु स्रोतको योगदान उच्च देखिएको छ। ग्लोबल आइएमई बैंकको फिक्स्ड डिपोजिटमध्ये रु. २६९ अर्ब ३२ करोड, नबिलको रु. २३१ अर्ब २६ करोड र एनआईएमबीको रु. २४५ अर्ब ६५ करोड घरेलु फिक्स्ड खाताबाट आएको हो। यसले नेपाली जनताको बैंकप्रतिको विश्वास अझै सुदृढ हुँदै गएको संकेत गर्छ।

    यद्यपि, सबै बैंकहरूको अवस्था यति सबल भने देखिएको छैन। स्ट्यान्डर्ड चार्टर्ड बैंकको फिक्स्ड डिपोजिट रु. २९ अर्ब ८५ करोड मात्र रहेको छ। माछापुच्छ्रे बैंक र सिटिजेन बैंकको पनि योगदान तुलनात्मक रूपमा कमजोर देखिन्छ। यस्ता बैंकहरूले फिक्स्ड खातामा ग्राहक आकर्षण गर्न अझ विशेष योजना ल्याउनुपर्ने देखिन्छ।

    स्थायी खातामा रहेको रकमले बैंकको दीर्घकालीन वित्तीय रणनीति, लगानी क्षमता र तरलता व्यवस्थापनमा ठूलो भूमिका खेल्छ। हालको आर्थिक परिवेशमा फिक्स्ड डिपोजिटको वृद्धिले बैंकको सुदृढता झल्काउँछ भने यस्तो रकमको प्रयोग दीर्घकालीन ऋण योजनामा लक्षित हुने गर्दछ।

    Global IME Bank has emerged as the leading commercial bank in Nepal in terms of fixed deposit collection. According to data published by Nepal Rastra Bank as of the end of Baisakh 2082, the bank has collected a total of Rs. 272.86 billion in fixed deposits — the highest among all commercial banks.

    Following closely, Nepal Investment Mega Bank (NIMB) has mobilized Rs. 255.80 billion, while Nabil Bank stands third with Rs. 235.18 billion in fixed deposits. These banks currently lead Nepal’s financial sector when it comes to long-term deposit mobilization.

    Other notable performers include Kumari Bank, with Rs. 198.52 billion, and Rastriya Banijya Bank (RBB) with Rs. 174.08 billion in fixed deposits. Together, the top five banks hold a significantly higher portion of the fixed deposit market, widening the gap with their competitors.

    Fixed deposits are considered a stable and affordable source of funding for banks. Since the funds are locked in for a longer period, banks can utilize them to expand credit facilities while maintaining interest rate stability. Analysts note that such deposits are critical for liquidity management and long-term lending strategies.

    A significant portion of fixed deposits in top-performing banks comes from domestic sources. Global IME Bank’s domestic fixed deposits stood at Rs. 269.32 billion, while Nabil and NIMB reported Rs. 231.26 billion and Rs. 245.65 billion, respectively. This highlights the increasing confidence of Nepali customers in long-term banking commitments.

    However, not all banks fared equally well. Standard Chartered Bank Nepal recorded only Rs. 29.85 billion in fixed deposits. Similarly, Machhapuchchhre Bank and Citizen Bank trailed behind, indicating a need for improved savings campaigns and fixed deposit incentives.

    Fixed deposits play a key role in a bank’s long-term strategic planning, investment capability, and liquidity position. Growth in fixed deposit collections often reflects institutional trust and prepares banks to support infrastructure financing and large-scale loan products.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026