१९ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/२४ गते)
श्री शेयरधनी महानुभावहरु,
यस कम्पनीको सञ्चालक समितिको मिति २०८३ साल भाद्र २२ गते सोमबार बसेको २०८ औं बैठकको निर्णयानुसार कम्पनीको १९ औं वार्षिक साधारण सभा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध छ ।
साधारण सभा हुने मिति, समय र स्थान :
मिति : २०८३ साल आश्विन १४ गते, बुधबार (तदनुसार सेप्टेम्बर ३०, २०२६) ।
समय : बिहान ८:३० बजे ।
स्थान : होटल ले हिमालय, लाजिम्पाट, काठमाण्डौ ।
छलफलका विषयहरु :
(क) साधारण प्रस्तावहरु
१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने कम्पनीको १९ औं वार्षिक प्रतिवेदन पारित गर्ने ।
२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/०८३ को वित्तीय अवस्थाको विवरण (वासलात), नाफा/नोक्सान विवरण, अन्य विस्तृत आम्दानीको विवरण र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्ने ।
३) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०८२/०८३ को मुनाफा तथा सञ्चित कोषबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुने रकम रु.४,९३,९१,५००।- (अक्षरेपी रु.चार करोड त्रियानब्बे लाख एकानब्बे हजार पाँचसय मात्र) नगद लाभांश (नगद लाभांश र बोनस शेयरको कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
४) कम्पनी ऐन, २०६३ को दफा १११(३) बमोजिम आ.व.२०८३/०८४ को लेखापरीक्षण कार्यको लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
(ख) विशेष प्रस्तावहरु
१) कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०८२/०८३ को मुनाफा तथा सञ्चित कोषबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुने रकम रु.७,४०,८७,२५०।- (अक्षरेपी रु. सात करोड चालिस लाख सतासी हजार दुईसय पचास मात्र) बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
२) कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने तथा बोनस शेयर वितरण पश्चात् आवश्यक हदसम्म जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने ।
३) सञ्चालकको बैठक भत्ता सम्बन्धमा ।
४) विशेष प्रस्ताव नं. १, २ र ३ पारित भए बमोजिम हुने गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
५) कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनसँग सम्बन्धित कार्यहरु स्वीकृतिका क्रममा नियमनकारी निकायबाट कुनै विषय, शर्तहरु लगायतमा संशोधन/फेरबदल गर्न कुनै निर्देशन प्राप्त भएमा आवश्यकतानुसार थपघट, परिमार्जन, संशोधन, भाषागत सुधार लगायत समेतका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
(ग) विविध
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव



