काठमाडौं — ग्लोबल आइएमई क्यापिटलले १ अर्ब रुपैयाँ आकारको खुलामुखी म्युचुअल फन्ड सञ्चालन गर्ने तयारी गरेको छ। क्यापिटलले ‘ग्लोबल सिस्टमेटिक इन्भेस्टमेन्ट प्रोडक्ट’ सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै निवेदन दिएको हो।
सेबोनबाट स्वीकृति पाएपछि क्यापिटलले ग्लोबल म्युचुअल फन्डअन्तर्गत उक्त योजना सञ्चालन गर्नेछ। योजनाअन्तर्गत १० रुपैयाँ अंकित दरका १० करोड इकाइ निष्कासन गर्ने प्रस्ताव गरिएको छ।
खुलामुखी प्रकृतिको यस योजनामा लगानीकर्ताले आवश्यकताअनुसार तोकिएको प्रक्रियाबाट इकाइ खरिद तथा बिक्री गर्न सक्नेछन्। यसले साना लगानीकर्तालाई समेत नियमित रूपमा पुँजी बजारमा सहभागी हुने अवसर दिने अपेक्षा गरिएको छ।
यस योजनाको कोष प्रवर्द्धकका रूपमा ग्लोबल आइएमई बैंक रहनेछ भने योजना व्यवस्थापनको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले सम्हाल्नेछ।
क्यापिटलले सार्वजनिक निष्कासनबाट संकलित रकम योजनाको उद्देश्य र प्रचलित कानुनी व्यवस्थाअनुसार विभिन्न लगानी क्षेत्रमा परिचालन गर्ने जनाएको छ।
नेपालमा पछिल्लो समय म्युचुअल फन्डमार्फत व्यवस्थित लगानी गर्ने प्रवृत्ति बढ्दै गएको छ। यसै क्रममा ग्लोबल आइएमई क्यापिटलको नयाँ योजनाले साना तथा नियमित लगानीकर्तालाई लक्षित गर्दै दीर्घकालीन लगानीको विकल्प विस्तार गर्ने अपेक्षा गरिएको छ।
Kathmandu — Global IME Capital is preparing to launch a Rs 1 billion open-ended mutual fund scheme after submitting an application to the Securities Board of Nepal (SEBON) for approval.
The proposed scheme, named “Global Systematic Investment Product,” will be operated under Global Mutual Fund once regulatory approval is received.
Under the proposed plan, the fund will issue 100 million units with a face value of Rs 10 each, creating an initial fund size of Rs 1 billion.
Unlike closed-end mutual funds, the open-ended scheme will allow investors to purchase and redeem units according to the provisions set by the fund. This structure provides greater flexibility, particularly for small and regular investors seeking systematic investment opportunities.
Global IME Bank will act as the fund sponsor, while Global IME Capital will manage the investment scheme.
After receiving approval from SEBON, the capital market company will proceed with the public issuance process. The funds collected from investors will be deployed across different investment sectors in accordance with the scheme’s objectives and prevailing regulatory provisions.
The new mutual fund is expected to expand access to capital market investment by allowing individuals to participate with relatively small amounts of money through a professionally managed investment vehicle.
Nepal’s mutual fund sector has been gradually expanding, with several fund managers currently operating both closed-end and open-ended schemes. Global IME Capital’s new initiative is expected to further strengthen the culture of systematic and long-term investment among retail investors.