NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold and Silver Prices Continue to Rise in Nepal, Setting New Records
    नेपाली बजारमा सुन र चाँदीको मूल्य निरन्तर बढ्दै, नयाँ रेकर्ड कायम
    Investor
    2 min read
    Published on January 27, 2026
    NEPSE TRADING

    नेपाली बजारमा सुन र चाँदीको मूल्य निरन्तर बढ्दै, नयाँ रेकर्ड कायमGold and Silver Prices Continue to Rise in Nepal, Setting New Records

    नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार बढ्दै गइरहेको छ र नयाँ रेकर्ड बनाइरहेको छ। विशेष गरी, अमेरिकी डलरको मूल्य वृद्धि र नेपाली मुद्रा कमजोर हुँदै जानु, यी दुई मुख्य कारणका रूपमा देखिएका छन्, जसका कारण नेपाली बजारमा सुनको मूल्य तीव्र गतिमा बढेको हो।

    विशेषज्ञहरूका अनुसार, अमेरिकी डलरसँग स्थिर विनिमय दर भएको नेपाली मुद्रा भारतीय रुपैयाँसँगको कमजोर सम्बन्धका कारण अप्रत्यक्ष दबाबमा परेको हो। जसका कारण डलर महँगिँदै गएको र सुन आयात खर्चिलो बन्दा घरेलु बजारमा सुनको मूल्य उच्च हुँदै गएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। यसै गरी, चाँदीको मूल्य पनि १०५ रुपैयाँले वृद्धि भएको छ, र मंगलबार चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँ पुगेको छ।

    सुन र चाँदीको मूल्यमा वृद्धि हुनुका अन्य कारणहरूमध्ये एक हो, ग्रीनल्यान्डको विषयमा अमेरिका र नाटोबीचको तनाव र विश्वव्यापी वित्तीय तथा भूराजनीतिक अनिश्चितता। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले पनि बजारमा चिन्ता थपेको छ। शनिबार ट्रम्पले क्यानडाले चीनसँग सम्झौता गरेमा १०० प्रतिशत भन्सार कर बढाउने चेतावनी दिएका छन्।

    सुन र अन्य बहुमुल्य धातुहरूलाई सुरक्षित लगानीको रूपमा लिइन्छ, जसका कारण अनिश्चितकालीन समयमा लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन्। उच्च मुद्रास्फीति, कमजोर अमेरिकी डलर, र विश्वका केन्द्रीय बैंकहरूले सुन खरिद बढाउँदा सुनको मूल्य थप बढेको हो। यस वर्ष अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने आशंकासमेत छ, जसले सुनको माग अझ बढाएको छ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार, विश्व बजारमा सुनको मूल्य बढिरहेको छ र यसले नेपाली बजारलाई प्रत्यक्ष असर पारेको हो। अन्तर्राष्ट्रिय आर्थिक अनिश्चितता र व्यापारिक तनावको कारण अहिले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन्।

    सुनको मूल्य अत्यधिक बढ्नुका कारण गहना खरिदको माग लगभग शून्य भएको व्यवसायीहरूको भनाइ छ। गहना व्यवसायीहरूले बताएका छन् कि, सुनको मूल्य बढ्नाले बैंकमार्फत सुन खरिद पनि घटेको छ। यस्तै, डलर कमजोर हुँदै जाँदा चीन, भारत, पोल्यान्ड, र ब्राजिल जस्ता देशहरूले सुन र चाँदीको मौज्दात बढाइरहेका छन्। सुरक्षित लगानीका रूपमा सुनको माग बढ्दा अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य अझ बढिरहेको देखिएको छ।

    The prices of gold and silver in the Nepali market continue to rise, setting new records daily. The primary reasons for this upward trend are the increase in gold prices in the global market and the weakening of the Nepali rupee against the US dollar.

    Experts suggest that the Nepali rupee, which has a fixed exchange rate with the US dollar, has come under indirect pressure as the Indian rupee weakens. As a result, the US dollar has become more expensive, making gold imports costlier, and leading to a sharp increase in the price of gold in the domestic market.

    According to the Nepal Gold and Silver Dealers’ Association, the price of gold reached NPR 309,300 per tola on Tuesday, marking the highest value ever recorded. The price of gold was NPR 309,000 per tola on Monday. Similarly, the price of silver increased by NPR 105 per tola, rising to NPR 6,870 on Tuesday, which is also the highest price ever recorded for silver.

    The rise in the price of gold and silver has been influenced by other factors, including geopolitical tensions between the United States and NATO over Greenland, as well as global financial and geopolitical uncertainties. U.S. President Donald Trump’s trade policies have also added to market concerns. On Saturday, Trump warned that if Canada reached a deal with China, a 100% tariff would be imposed.

    Gold and other precious metals are considered safe investments, which has led investors to turn to gold during uncertain times. High inflation, a weakening US dollar, increased purchases by central banks worldwide, and the expectation of interest rate cuts by the U.S. Federal Reserve this year have all contributed to the rising demand for gold.

    According to Tejaratn Shakya, the former president of the Nepal Gold and Silver Dealers’ Association, the rising global prices of gold have had a direct impact on the Nepali market. As international economic uncertainty and trade tensions increase, investors are being drawn toward gold.

    The sharp increase in gold prices has led to a significant decrease in demand for jewelry. Business owners report that due to the high price of gold, the demand for jewelry has almost vanished, and gold purchases through banks have also reduced. With the weakening dollar, countries like China, India, Poland, and Brazil are increasing their gold and silver reserves. As gold becomes a more attractive safe investment, the prices in the international market continue to rise.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026