
सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि, सोमबार पनि दुवै धातुको भाउ बढ्योGold and Silver Prices Continue Upward Trend as Both Metals Rise on Monday
बैशाख १४ गते सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ३०० रुपैयाँले बढ्दै ३ लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँ पुगेको छ, जुन आइतबार ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि हुँदै गएको देखिएको छ ।
On Monday (Baisakh 14), the prices of both gold and silver increased in the Nepali market. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold rose by NPR 1,300 per tola, reaching NPR 300,500 per tola. On Sunday, gold was traded at NPR 299,200 per tola. Similarly, silver also increased by NPR 50 per tola, reaching NPR 5,045 per tola compared to NPR 4,995 on Sunday. The recent trend shows a continuous rise in the prices of precious metals in Nepal.




