
सुन र चाँदीको मूल्य घट्योGold and Silver Prices Decline in Nepal
साउन ८ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। बुधबारको तुलनामा यो मूल्यमा गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन आज प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा २ हजार ४०० रुपैयाँले घटेको हो। बुधबारको बजारमा सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला २ हजार ३५० रुपैयाँमा पुगेर नयाँ कीर्तिमान बनाएको चाँदी बिहीबार १५ रुपैयाँ घटेर २ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ।
On Thursday, July 24, 2025, both gold and silver prices saw a drop in the Nepali market. This decline follows a recent price surge observed on Wednesday.
According to the Federation of Nepal Gold and Silver Dealers Association, hallmark gold is being traded at NPR 195,200 per tola, marking a decrease of NPR 2,400 from the previous day's rate of NPR 197,600.
Similarly, silver prices also dipped. After reaching a record NPR 2,350 per tola on Wednesday, silver fell by NPR 15 to NPR 2,335 per tola on Thursday.




