
Top
<1 min read
NEPSE TRADING
सुन र चाँदीको मूल्यमा गिरावट Gold and Silver Prices Decline in Nepal
बैशाख ९ गते बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ८०० रुपैयाँले घटेर तीन लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन मंगलबार तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी प्रतितोला पाँच हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि मंगलबार यसको मूल्य पाँच हजार १६० रुपैयाँ रहेको थियो ।
On Wednesday (Baisakh 9), gold and silver prices declined in the Nepali market. The price of gold dropped by Rs. 800 per tola, trading at Rs. 300,500, compared to Rs. 301,300 per tola on Tuesday. Similarly, silver prices also decreased by Rs. 30 per tola. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, silver is being traded at Rs. 5,130 per tola on Wednesday, down from Rs. 5,160 per tola on the previous day.




