
नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावटGold and Silver Prices Decline in Nepali Market
असार ३२ गते, बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। मंगलबार यो मूल्य १ लाख ९३ हजार ३०० रुपैयाँ रहेको थियो।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। मंगलबार प्रतितोला २ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर २ हजार २६० रुपैयाँमा झरेको छ। यो गिरावट अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको असरका रूपमा देखिएको हो।
On Wednesday, July 16 , 2025, the prices of both gold and silver dropped in the Nepali market. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of fine gold declined by NPR 1,300 per tola, reaching NPR 192,000 per tola today. On Tuesday, the same was traded at NPR 193,300 per tola.
Likewise, silver also saw a slight decrease in its price. Today, silver is being traded at NPR 2,260 per tola, down NPR 15 from Tuesday’s rate of NPR 2,275 per tola. The decline in precious metal prices comes amid fluctuating trends in the international market.




