·

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट

Author

NEPSE TRADING

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट

असार ३२ गते, बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। मंगलबार यो मूल्य १ लाख ९३ हजार ३०० रुपैयाँ रहेको थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। मंगलबार प्रतितोला २ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर २ हजार २६० रुपैयाँमा झरेको छ। यो गिरावट अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको असरका रूपमा देखिएको हो।

Related News