·
सुन र चाँदी दुवैको मूल्य घट्यो
Author
NEPSE TRADING

पुस २४ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँले घट्दै आज ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा खरिद–बिक्री भएको थियो।



