·
नेपाली बजारमा सुन–चाँदीको मूल्यमा भारी गिरावट, तीन दिनदेखि निरन्तर ओरालो
Author
NEPSE TRADING

माघ १९ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। यस दिन सुन प्रतितोला १३ हजार ४०० रुपैयाँले घटेर २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर ५ हजार २०० रुपैयाँमा झरेको छ। पछिल्लो तीन दिनदेखि निरन्तर गिरावट देखिएको मूल्यसम्बन्धी विवरण नेपाल सुनचाँदी व्यवसायी महासंघ ले सार्वजनिक गरेको हो। आइतबार सुन प्रतितोला ३ लाख रुपैयाँ र चाँदी ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो, जसको तुलनामा सोमबार दुवै धातुको मूल्य उल्लेखनीय रूपमा घटेको देखिएको छ।



