·

दैनिक नयाँ रेकर्ड बनाउँदै सुन र चाँदीको मूल्य

Author

NEPSE TRADING

दैनिक नयाँ रेकर्ड बनाउँदै सुन र चाँदीको मूल्य

पुस ९ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। यस दिन सुन प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १६५ रुपैयाँले महँगिएको छ। लगातार बढ्दो मूल्यक्रमका कारण दुवै धातुले ऐतिहासिक उच्च स्तर कायम गरेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार हुँदै रेकर्ड बनाएको थियो। सो मूल्यलाई तोड्दै बुधबार सुनले नयाँ उचाइ बनाएको हो। पछिल्ला दिनहरूमा सुनको मूल्य दैनिक रूपमा नयाँ रेकर्ड बनाउँदै निरन्तर बढिरहेको छ।

त्यस्तै, चाँदीको मूल्यले पनि बुधबार नयाँ रेकर्ड कायम गरेको छ। यस दिन चाँदी तोलामा १६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो। सो मूल्यलाई तोड्दै बुधबार चाँदीको मूल्यले पनि हालसम्मकै उच्च स्तर छोएको छ।

Related News