·

सुन–चाँदीको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला सर्वाधिक उचाइमा

Author

NEPSE TRADING

सुन–चाँदीको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला सर्वाधिक उचाइमा

भदौ १६ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाउँदै निरन्तर वृद्धि गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर दुई लाख पाँच हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। लगातार तीन कारोबार दिनदेखि सुनको मूल्यले नयाँ उचाई बनाउँदै आएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि रेकर्ड स्तरमा पुगेको छ। सोमबार चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर दुई हजार ४७० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदीको मूल्य दुई हजार ४२५ रुपैयाँमा थियो। लगातार दुई दिनदेखि चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ।

Related News